साउदीमा मागपत्र प्रमाणीकरण स्थगित

डिसी नेपाल
२७ असार २०७८ १४:२५

काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूतावासबाट हुने माग प्रमाणिकरणको काम स्थगित गरिएको छ । दूतावासको जारी सूचनाका अनुसार दूतावासमा रहेको मागपत्र वैदेशिक रोजगार विभागमा अपलोड गर्नु पर्ने र वेभसाइट मर्मत गर्नु पर्ने कारणले गर्दा १८ देखि २९ जुलाईसम्म प्रमाणिकरणको काम स्थगित हुने भएको हो ।

दूतावासले सो अवधिमा कुनै पनि मागपत्र प्रमाणिकरणको आवेदन संकलन नहुने जनाएको छ । आगामी १५ देखि २४ जुलाईसम्म इद अल–अदहा (बकर ईद) पर्वको समय परेको तथा त्यसपछि वेभसाइट मर्मत गर्नु पर्ने भएकाले प्रमाणिकरणको काम स्थगित गरिएको जानकारी गराएको छ ।

अहिले संकलन भएका मागपत्र पनि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा अपलोट हुन बाँकी रहेको दूतावासले जनाएको छ । माग प्रमाणिकरण बाहेकको कार्य भने सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन सुचारु रहने र स्वीकृत भइसकेका मागपत्र प्रमाणिकरण गर्ने कार्य भने यथावत् नै रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *