चट्याङ लागेर दुईको मृत्यु

उदयपुर । चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो । तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comment