श्रीमान मलेसियाबाट फर्केको ३ महिनामा श्रीमतीले छोरी जन्माइन, बाबुले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या

डिसी नेपाल
३० असार २०७८ १५:४८

काठमाडौं। मोरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलीका अरुण मण्डल गत चैतमा मलेसियाबाट घर फर्किए। उनी तीन वर्ष मलेसिया रोजगारीपछि घर फर्किँदा परिवारमा खुशीयाली छायो। जीवन सामान्य चलदै थियो। यही असार २७ गते राति अरुणकी श्रीमती खुश्वु मण्डलले छोरी जन्माएपछि परिवारमा कलहपनि जन्मियो। अरुणले नवजात छोरी आफ्नी नभएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताए।

खुश्वुले कस्को छोरी हो भन्ने खुलाइनन्। तर, उनले अपराधको बाटो रोजिन। सुत्केरी खुश्वुले आफैले जन्म दिएको छोरीको हत्या गर्ने भयानक योजना बनाइन्। केही घण्टाअघि नवजात छोरीलाई जन्म दिने ‘भगवान’ बनेकी खुश्वु अबभने खुंखार बनेकी थिइन्। उनले छोरी जन्माउँदाको पीडा पनि बिर्सिन, र विर्सिन माय पनि। उनी अब हत्यारा बन्दै थिइन्। राम्रोसँग रुन पनि नसक्ने नवजात शिशुको बल्यांकटेले थिचेर हत्या गरिन्।

खुश्वुको यो अपराध कर्ममा उनका बाबु नागेश्वर मण्डल र आमा उर्मिला मण्डलले पनि साथ दिए। घाँटी थिचेर हत्यापछि शिशु जन्मिएकै राति रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसल पसभित्र खाल्डो खनेर शव गाडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘श्रीमान चैतमा मलेसियाबाट फर्केका रहेछन्। असार २७ मा छोरी जन्मिएपछि उनले त्यसलाई स्वीकार गरेनन्। त्यसपछि खुश्वुले हत्या गरेर आफ्ना आमाबाबुको सहयोगमा शव गाडेको खुलेको छ।’

उनले खुश्वु, उनका बाबु नागेश्वर, आमा उर्मिला र श्रीमन अरुणलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा मुद्दा चलाएको छ। पक्राउ परेका चारैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत मोरङले अनुमति पनि दिएको छ। शिशु हत्याको कारणबारे अनुसन्धान भइरहेका डीएसपी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हत्याको विषयमा अनुसन्धान जारी छ। हत्याको कारण अवैध सम्बन्ध हो कि भन्नेतर्फ अनुसन्धान केन्द्रित छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *