पसिनाबाट छुटकारा पाउन अपरेशन गराउँदा चर्चित फिटनेस मोडलको मृत्यु
काठमाडौं। शरीरबाट निस्कने पसिनाबाट छुटकारा पाउनको लागि अपरेशन गराएकी लोकप्रिय फिटनेस मोडल तथा बडीबिल्डरको मृत्यु भएको छ । मेक्सिकोकी मोडल ओडालिस सान्तोस मेनाले पसिना आउन नदिनको लागि अपरेशन गराएकी थिइन् जसको केही दिनमै उनको मृत्यु भयो । उनी इन्स्टाग्राममा पनि निकै लोकप्रिय थिइन् । उनका १ लाख ४९ हजारभन्दा धेरै फलोअर छन् । उनी प्रायः आफ्नो फिटनेसका तस्वीर शेयर गर्थिन् ।
रिपोर्टका अनुसार उनी ग्वाडलजारामा स्किनपिल क्लिनिकले चलाइरहेको मिराड्राइ नामको सफलएन्टि पर्सपिरेन्ट उपचारलाई बढावा दिनको लागि उनी त्यहाँ भर्ना भएकी थिइन् जहाँ उनको अपरेशन गरिएको थियो । तर, उनको अपरेशन भने असफल रह्यो । यो प्रक्रियामा पसिनाका ग्रन्थीहरुलाई हिट एनर्जी प्रविधिको माध्यमबाट हटाउनको लागि अपरेशन गरिन्छ । अपरेशनपछि उनीहरुको अण्डरआर्मबाट पसिना आउन बन्द हुन्छ ।
अपरेशनपछि मेनाको अण्डरआर्मबाट पसिना आउन बन्द भएको थियो र काखीका रौहरु पनि कम भएका थिए जसका कारण शरीरको गन्ध आउन पनि कम भएको थियो । तर, यो एन्डोर्समेन्ट स्टन्टमा अचानक भयानक गडबडी आयो र मेनालाई एनेस्थेसाइज गरेपछि उनले कार्डिएक एरेस्टको सामना गर्नुपर्यो । यसको केही बेरमै उनको मृत्यु भयो । क्लिनिकका कर्मचारीले उनलाई सीपीआरको माध्यमबाट सास दिएर बचाउने प्रयास गरेका थिए तर सफल भएनन् ।
कथित एन्टि पर्सपिरेन्टलाई मेनाले सामाजिक संजालमा ‘कुनै पसिना नआउने उपचार सुरक्षित र प्रभावकारी छ’ भन्ने आश्वासनका साथ प्रचार गरेकी थिइन् । उनको मृत्युपछि भएको जाँचमा उनको मृत्यु एनेस्थेसियाबाट उत्पन्न लापरवाहीका कारण भएको पाइएको छ । रिपोर्टमा एनेस्थेसियोलोजिस्ट धेरै प्रशिक्षित नभएका कारण मृत्यु भएको उल्लेख छ । मेना धेरैजसो बडीबिल्डिङ प्रतियोगितामा भाग लिन्थिन् । उनले २०१९ मा मिस हरक्युलसको उपाधि जित्नुका साथै वेलनेस फिटनेस जुभेनाइल प्रतियोगिता पनि जितेकी थिइन् ।
Facebook Comment