पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन

मकवानपुर । मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पान्द्राङ्मा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा अपराह्नबाट सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भीमफेदी गाउँपालिका–२ पान्द्राङमा करिब १०० मिटरसम्म सुख्खा पहिरो खस्दा हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा केही घण्टा अवरुद्ध हुनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएका छन् । त्रिभुवन राजपथको हेटौँडादेखि नौबिसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको दैनिक यातायात सेवा सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment