८ वर्षको छोराले खाना खान नमान्दा पिताले लठ्ठीले कुटे, बालकको मृत्यु

डिसी नेपाल
२ साउन २०७८ ११:३२

काठमाडौं। ८ वर्षका छोराले खाना खान नमानेपछि पिताले लठ्ठीले कुट्दा बालकको मृत्यु भएको छ । भारतको गुजरातमा बस्दै आएको नेपाली परिवारका ती बालकको बुधबार राती मृत्यु भएको हो । राजकोट तालुका पुलिसलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएअनुसार मृतक बालकको नाम सौरभ भूल हो ।

सौरभका पिता सिद्धार्थ नेपाली नागरिक हुन् । उनी राजकोटको कलवाद रोडमा नन्दवन सोसाइटीमा सुरक्षा गार्डको काम गर्छन् । उनी कामको खोजीमा २ वर्षअघि राजकोट गएका थिए । करिब ७ महिनाअघि उनले परिवारलाई पनि त्यहाँ लिएर गएका थिए ।

बुधबार साँझ साढे ८ बजेतिर सौरभले चकचक गर्दै खाना खान अस्वीकार गरेका थिए । उनका पिता सिद्धार्थलाई लौरोले पिटे । त्यसपछि भने सौरभले खाना खाए । २ घण्टापछि फेरि सौरभले चकचके व्यवहार देखाउन थाले र उनका पिताले फेरि उनलाई डर देखाए । करिब १० बजेतिर सौरच सुत्न गएका थिए ।

सुतेलगत्तै उनलाई शरीर बाउँडिने समस्या भएपछि रातको ३ बजेतिर नजिकैको अस्पताल लगियो । पछि उनलाई राजकोटको सिभिल अस्पताल रिफर गरियो जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे । मृतक बालकको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

पुलिसले मृतक बालकका पिता सिद्धार्थलाई हिरासतमा लिएको छ । ‘पिताले आफूले छोरालाई डर देखाएको र हल्का पिठटेको स्वीकार गरेका छन् तर त्यो चोटका कारण बालकको मृत्यु भएको हुन सक्ने सम्भावना न्यून देखिन्छ । त्यसैले हामीले फरेन्सिक पोस्टमार्टम गर्न पठाएका छौं । रिपोर्ट आएपछि अगाडिको कारवाही कता जान्छ भन्ने थाहा हुन्छ’ पुलिसले भन्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *