सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं । साइप्रसको ख्यातिप्राप्त कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सनेछन् ।
अब नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । छिट्टैनै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोजलोभले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment