गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

डिसी नेपाल
३ साउन २०७८ १९:०३

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः४० बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः४५ बजे मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *