थप २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

डिसी नेपाल
४ साउन २०७८ १७:०४

काठमाडौं । गत २४ घण्टामा नेपालमा २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २५८ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३३ पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३१ परीक्षण गर्दा ८०३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *