आज काठमाडौंका सबै ठाउँबाट फोहर उठाइने

डिसी नेपाल
५ साउन २०७८ १२:४१

काठमाडौं। विगत केही हप्तादेखि नियमित रुपमा उठ्न नसकेको फोहर आज मंगलबारदेखि नियमित रुपमा उठाइने भएको छ । भारी वर्षा र पहिलोका कारण फोहर लिएर जाने गाडी गुड्ने सडक बिग्रिएका कारण नियमित रुपमा उठ्न नसकेको फोहर मंगलबार राजधानीका सबैजसो ठाउँबाट उठाइने भएको छ ।

मंगलबारदेखि राजधानीका सबै स्थानबाट फोहर उठाएर व्यवस्थापन गर्न लागिएको काठमाडौं महानगरपालिकाको वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज मंगलबार राजधानीका सबै ठाउँबाट फोहर उठाइनेछ । वर्षाका कारण केही ढिलाइ भएमा पनि भोलिसम्म सबै ठाउँबाट फोहर उठाइसक्ने उनले बताए ।

‘मौसम सफा भएमा सबै फोहर समयमै व्यवस्थापन गर्न सकिन्थ्यो तर भारी वर्षाका कारण फोहर उठाउनै समस्या भइरहेको र उठाएको फोहर लैजान बाटो बिग्रिएका कारण समस्या भइरहेको छ’ श्रेष्ठले भने ‘दैनिक १ सय ५० गाडी फोहर अनलोड हुनुपर्नेमा अहिले ५० वटा गाडीको फोहर मात्र अनलोड गर्न सकिएकोले कठिनाइ भइरहेको छ ।’

पछिल्ला केही हप्तादेखि काठमाडौंको फोहर नियमित रुपमा उठ्न सकिरहेको छैन । फोहर व्यवस्थापन हुन नसक्दा विभिन्न चोकहरुमा सडकछेउ फोहर थुप्रिएका छन् । यसबाहेक नगरपालिकाका वासिन्दाको घर–घरमा पनि फोहर थुप्रिएका कारण समस्या भएको छ । फोहरका कारण सडक दुर्गन्धित भएपछि आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाइ भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *