कोरोनाको तेस्रो लहर आउने भन्दै प्रधानमन्त्रीलाई विज्ञका १८ बुँदे सुझाव

डिसी नेपाल
६ साउन २०७८ १६:०२

काठमाडौं। स्वास्थय विज्ञहरुले नेपालमा कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएका छन्। नेपाल जन स्वास्थ्य प्रतिष्ठानको अगुवाइमा बुधबार स्वास्थ्य विद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोनाको तेस्रो लहरसँग जुध्न सरकारले गर्नुपर्ने तयारीबारे सुझाप दिएका छन्। उनीहरुले सरकारलाई १८ बुँदे सुझाव पेश दिएका छन्।

भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने र त्यसको प्रभावमा नेपालमा पनि तेस्रो लहर आउन सक्ने विज्ञहरुले यसअघि नै चेतावनी दिँदै आएका छन्। पछिल्ला दिनहरुमा निषेधाज्ञा खुकुलो पारिएकाले कोरोनाको संक्रमण बढ्ने जोखिम बढेको छ।

यस्तो अवस्थामा भर्खर सत्ता सम्हालेका प्रधानमन्त्री देउवालाई डा. महेश मास्केलगायतका १६ जना विज्ञहरुले भेटेर कोरोना महामारीको व्यवस्थापन तथा तयारीबारे आफ्ना सुझाव दिएका हुन्। उनीहरुले कोरोनाबारे रणनीति बनाउन एक स्वतन्त्र विज्ञ समूह गठन गर्न सुझाव दिएका छन्। उनीहरुले स्वतनत्र विज्ञको सुझाव लिएरमात्र कोभिड १९ संकट व्यवस्थापन समितिमा छलफल हुनुपर्ने सुझाएका छन्।

उनीहरुले खोप अधियानमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सुझाव दिएका छन्। यस्तै स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य सामाग्री र क्वारेन्टि, टेलिमेडिसिनबारे सुझाव दिएका छन्।

डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुणा उप्रेती, डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समिर दीक्षित, डा राजेन्द्र बीसी, डा तीर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह र नारायण सुवेदीले प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *