शारीरिक अशक्तलाई सहयोग

भादगाउँ । विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा चाँगुनारायण नगरपालिका–१ का वडासदस्य उद्धव खड्काले लामो समयदेखि दुई असक्तलाई रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएका छन् ।
उनले नेपाली कांग्रेस भक्तपुरका युवानेता एवम् पूर्वजिल्ला समिति सदस्य रोशन पौडेल र सोही नगरपालिकाको कार्यपालिका सदस्य कुमार अच्छामीलाई उनीहरुको निवासमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।
खड्काले नगरसभा सदस्यको हैसियतले नगरपालिकाले दिने विभिन्न शीर्षकको सेवा, सुविधा र नगरपालिका तथा वडा कार्यालयमा हुने बैठकमा सहभागी भए बापतको भत्ता रकम जम्मा गरेरे दुवै जनालाई जनही रु ७५ हजार सहयोग गरेको बताए ।
प्रतिक्रिया
Facebook Comment