गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदै

कास्की। गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरिएको छ। काँग्रेस नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा धेर समय हुँदा पनि मन्त्रिपरिषद हुन सकेको छैन। कृष्णचन्द्र नेपालीले जेठ २९ मा मुख्यमन्त्रीको शपथ लिएका छन्।
मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई समेटेर सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। शुक्रबार माओवादीबाट थप ३ जना मन्त्री बन्दै छन्।
अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई बनाउन पठाउने भएको छ। वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ। यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भएकी थिइन्।
काँग्रेसले आफूले राख्ने मन्त्रालयको टुंगो लगाए पनि मन्त्रिबारे भने टुंगो लगाएको छैन। काँग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालयआफूसँगै राखेको छ। शुक्रबार नै मन्त्रिहरुको शपथ हुने जनाइएको छ। गठबन्धनमा रहेका दलहरुबीच कुरा नमिल्दा लामो समय मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन। काँग्रेसका नेपालीले एमालेका पृथ्वीसुब्बा गुरुंगलाई विस्थापित गर्दै मुख्यमन्त्री बनेका थिए।
Facebook Comment