रहेनन् ‘राजा’को आदेश खारेज गर्ने प्रधानन्यायधीश गिरी

डिसी नेपाल
७ मंसिर २०७५ १५:०३

ठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो ।

२०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई यही आयोगमाफर्त जेल हालिएको थियो । गिरीको आदेशले आयोग नै खारेज भएपछि देउवामाथि लगाइएका आरोप पनि खारेज भएका थिए ।

गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ । साथै आइतबार देभरका अदालत तथा न्यायाधिकरणहरु शोक विदाका रुपमा बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *