प्रियंका निकको विवाह मण्डप यति भव्य, ऐतिहासिक हुनेछ विवाह

डिसी नेपाल
८ मंसिर २०७५ १२:५१

मुम्बइ। रणवीर सिंह दीपिका पादुकोणको विवाहपछि अब प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा छ । मिडिया रिपोर्टअनुसार उनीहरुको विवाह २ डिसेम्बरमा हुँदैछ । यी दुईको विवाह जोधपुरको उम्मैद भवनमा हुनेछ । विवाह हिन्दू र क्रिष्चियन रितिरिवाजमा हुँदैछ ।

स्पटब्वायका अनुसार प्रियंका विवाहका दिन पहिले उदयपुर जानेछिन् । त्यहाँबाट हेलिकप्टरमा जोधपुरको उम्मैद भवनमा हुँदैछ । यहाँ एक हेलिप्याड बनाइनेछ । मेवार हेलिकप्टर सर्भिसेजले यो कुराको पुष्टि गरेको भारतीय मिडिया आज तकले लेखेको छ । २९ नोभेम्बर र ३ डिसेम्बरका लागि हेलिकप्टर बुक गरिएको समाचारमा जनाइएको छ । २९ नोभेम्बरमा जोधपुरको उम्मैद भवन जाने हेलिकप्टर ३ डिसेम्बरमा उदयपुर फर्किनेछ । यो हेलिकप्टरबाट ४–५ राउण्डमा सबै पाहुनालाई उदयपुरबाट उम्मैद भवन ल्याइनेछ ।

निक बिहीबार दिल्ली पुगिसकेका छन् । उनी बिहेकै लागि भारत आएका हुन् । बिहेपछि उनीहरुले २ रिसेप्सन पार्टी हुनेछ । एउटा रिसेप्सन दिल्लीमा र अर्को मुम्बइमा हुने बताइएको छ । बाम्बे टाइम्सका अनुसार २९ नोभेम्बरमा मेहन्दी र संगीत सेरेमनी, ३० नोभेम्बरमा ककटेल पार्टी, १ डिसेम्बरमा हल्दी सेरेमनी र २ डिसेम्बरमा विवाह हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *