ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख
![ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख](https://www.dcnepal.com/wp-content/uploads/2021/06/PM-KP-Oli-and-Madhav-Kumar-Nepal.jpg)
कामाडाै। दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।
शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो ।
ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्रदर्शनमा लागेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट
प्रतिक्रिया
Facebook Comment