कोरोनाको तेस्रो लहर यही महिना सुरु भएर अक्टोबरमा उच्च विन्दुमा पुग्ने शोधकर्ताको भविष्यवाणी
![कोरोनाको तेस्रो लहर यही महिना सुरु भएर अक्टोबरमा उच्च विन्दुमा पुग्ने शोधकर्ताको भविष्यवाणी](https://www.dcnepal.com/wp-content/uploads/2021/08/Capture-2.jpg)
काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहरको सटिक भविष्यवाणी गर्ने शोधकर्ताहरुले तेस्रो लहरको पनि भविष्यवाणी गरेका छन् । शोधकर्ताहरुका अनुसार कोरोनाको तेस्रो लहर यही महिना सुरु हुनेछ र अक्टोबर महिनामा उच्चतम विन्दुमा पुग्नेछ । शोधकर्ताहरुले यो भविष्यवाणी भारतका विषयमा गरेका हुन् तर भारत र नेपालको अवस्थिति र विगतका लहरहरुलाई हेर्दा भारतमा तेस्रो लहर आउँदा नेपालमा पनि स्वभाविक रुपमा तेस्रो लहर आउनेछ ।
शोधकर्ताहरुले तेस्रो लहरको भविष्यवाणी गर्नको लागि गणितीय मोडल प्रयोग गरेका छन् । यी शोधकर्ताहरुले भारतमा दोस्रो लहर आउने भविष्यवाणी पनि यही मोडलका आधारमा गरेका थिए जुन एकदमै सटिक प्रमाणित भएको थियो । शोधकर्ताहरुका अनुसार भारतमा तेस्रो लहरमा सबैभन्दा उच्चतम संक्रमणका बेला दैनिक लगभग १ लाख केसहरु भेटिनेछन् । सबेभन्दा खराब अवस्थामा दैनिक १ लाख ५० हजारसम्म केसहरु भेटिन सक्नेछन् । इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा हैदराबादमा कार्यरत अनुसन्धानकर्ता मुथुकुमाली विद्याशंकर र कानपुरमा कार्यरत शोधकर्ता मनिन्द्र अग्रवालले यो भविष्यवाणी गरेका हुन् ।
‘उच्च कोभिड दरका केरला, महाराष्ट्र जस्ता राज्यहरुले तस्वीर केही फरक पार्न सक्छन्’ विद्यासागरले ब्लुमबर्गलाई एक इमेलमार्फत भने । तेस्रो लहर दोस्रो लहरको तुलनामा सानो हुनेछ । दोस्रो लहरमा भारतमा दैनिक ४ लाखसम्म केसहरु भेटिएका थिए । शोधकर्ताहरुले तेस्रो लहर तुलनात्मक रुपमा सानो हुने भए पनि अवस्था बिग्रिन नदिन खोप दिने दर बढाउनुपर्ने, सम्भावित हटस्पट छिटो पत्ता लगाउनका लागि त्यही किसिमका विधि अपनाउनुपर्ने र नयाँ भेरिएन्ट विकास हुन सक्ने भएकोले प्रयोगशालामा जीनोम सिक्वेन्सिङको दायरालाई बढाउनुपर्ने सुझाव दिएका छन् ।
Facebook Comment