यात्रा संस्मरण : हाकिमलाई स्याउ भरेर मान्छे उतार्ने जहाज

डिसी नेपाल
३० साउन २०७८ ७:५९

बल्लतल्ल जुम्ला जाने साईत हाम्रो जुरको थियो प्लेनमा टिकट पाएपछि । जुम्ला एयरपोर्टवाट हामी चन्दननाथ भैरबको मन्दिरलाई बाया पारेर विस्तारै उकालो लाग्यौ सदरमुकाम पुगियो। भोलिपल्ट पहिला पटमारा गाउँ जाने निधो ग¥यौं। हामीलाई लिन त्यस गाउँका मुक्तिसरा थापा र सुनकला वँढा दुईजना महिलाहरु आएका रहेछन्।

उनीहरुसँग कर्णाली टेक्निकल स्कुल हेर्दै उकालो लाग्यौं। प्राकृतिक सुन्दरताको वयान गरेर सकिँदैन। हामी उक्लिरहेको बाटोवाट तलतिर हेर्दा त्यहाँ चरिरहेका गाई भैंसी, वाख्रा जस्ता देखिन्थे।

टाउको उठाएर मथि हेर्न पर्ने ठाडो उकालो थियो। यो ठाडो उकालो अनि हाम्रो हिडाइको गति देखेर गाउंलेहरु हाम्रो हिडाइको गतिमा मुसुक्क हाँस्थे। ठाडो उकालो थियो। म त स्वाँ स्वाँ गर्दै सकिनसकी उकालो चढ्दै थिएँ।

उनीहरु अगाडि लागे भने हामी हिड्न हरेस खान्छौं भनेर हामीलाई अगाडि लगाएका थिए। यसको मतलब उनीहरुले पाहुनालाई अप्ठेराे बाटोमा पनि सहज बनाउन कोसिस गर्दै थिए।

पानी त यति चिसो थियो फ्रिजबाट निकालेको बोतलको पानी जस्तो। मानिसहरु पानी लिन आएका देखिन्थे। चीसो भएर होला मानिसहरुलाई मुख हातगोडा धुदैन रहेछन। दाँत पनि माझ्न नपर्ने। अनि मैला धैला त हुने नै भए। शरीरमा टालेको, फाटेको र मैलो लुगा। खुट्टामा जुत्ता छैन। अनुहार भने हसिलो र राम्रो छ तर खिनाउनटे छन् सवै। “आटो खायो फाटो लायो” भन्ने त उखान जस्तै रहेछ।

मलाई हेरेर मुक्तिसरा थापाले ठट्ट गर्दै भनिन्, “तिम्रो जिउको मासु हामीलाई देऊ अनि तिमिलाई हिड्न सजिलो हुन्छ। हेर न मेरो जिउको हड्डी छोपिएको छैन म दुब्लो छु म फटाफट उक्लिरहेकी छु।”

उनले त सहज भनिन् तर यो कुरा धेरै गहिरो विषय थियो। कोही सुविधा सम्पन्न जीवन यापन गर्ने कोही मोटर चढ्न पनि नपाउने पेटभर खान पनि नपाउने परिस्थितिमा आएको सहज अभिव्यक्ति। वास्तवमा यी अभिव्यक्तिहरु म जीवनभर विर्सन सक्दिनँ।

उकालो बाटोमा पानी पर्न थाल्यो। बाटोमा अडिएर हिड्न कठिन भो। म त हिँड्दा पनि चिप्लन थालें। काठमाण्डौमा विहान हिँड्दा लगाउने जुत्ताको कारण चिप्लेको हो कि भन्ने ठानेर फुकालें तर खाली खुट झन् चिप्लदो रहेछ। मेरो गति देखेर अनि पानसराले उनको प्लास्टिकको जुत्ता लगाउन दिइन्। त्यो पनि ठूलो भयो घिसार्दै लगाएँ चिप्लन भने छाडे।

हामीलाई पटमारा पुग्न ५ घण्टा लाग्यो । स्थानीय महिलाहरुको लागि ३ घण्टाको उकालो रहेछ। म धेरै कुराहरु सोधिरहन्थे अनि सुनकला वँढा जवाफमा भन्थिन ‘हेर देखौली, सुनौली अनि जनौली’ । जादैगर्दा गाउँ आइपुग्यो।

प्राकृतिकरुपले यति सुन्दर ठाउँ तर गाउँ आइपुगेपछि भने अत्यन्त फोहोर। हिँड्ने बाटोभरि नै दिसापिसाव गर्ने ठाउँ रहेछ। सबै फोहोर कुल्चदै हिँड्नपर्ने। धेरै नै सिकसिको लाग्यो तर पहिला यस्तो गाउँमा त गएकै थिइनँ अचम्म पनि लाग्यो। केही महिना हिउँ सेताम्मे बाक्लो पर्ने रहेछ।

हिउँ पर्ने प्राकृतिक कारण जुम्लामा मानिसहरु तीन महिनासम्म धरभित्र बसेर त्यो समय कटाउँदा रहेछन्। त्यस समय राडी पाखी बुन्ने काम हुँदोरहेछ । धेरैजसो समय चिसो र हिउँको कारण त्यहाँ पानी भए पनि केटाकेटीले मुख पनि धोएका हुँदैन थिए। स्वास्थ्यको महत्व र सुग्घर सफा त के हो त्यहाँ थाहा पाउने पँर्वाधार बनेको नै थिएन। घरको चोक र चर्पीको भिन्नता पनि कतिपयलाई महसुस नभएको जस्तो थियो।

जाडोवाट बच्न सबै घरहरु एक अर्कामा जोडेर बनाएको आफ्नै खालको आर्किटेक्चर। घरका झ्यालहरु साना साना बनाइएको हुँदो रहेछ न्यानो पार्नका लागि। कोठामा बीचमा सानो अगेनो। टुकी मैनबत्तीको सट्टा सल्लाको काठ बाल्ने चलन रहेछ। सानो भ्mयाल अनि न्यायोको लागि आगो ताप्नु पर्ने धुँवा पनि सवै घर भित्रनै रुमलिएको हुँदो रहेछ।

जुम्लाको त्यतिबेलाको पाटमारामा गाविसमा हामी कालीबहादुर थापा र पानसरी थापाको परिवारमा बास बस्यौं। काठमाडौंबाट म र साथी मीना कार्की महिला विकासका विषयमा छलफल गर्न बोलाइएका थियौं। हामीलाई घरधनी पानसरी थापाले सौहाद्र्रतापूर्वक उसिनेको आलु, रोटी खुवाउनुभयो।

हामी गाउँमा हुँदा पुरुषहरु खाना खाएर बेलुका हामी भएका ठाउँमा कुरा गर्न आउने गर्थे। त्यो घरका मुली थापाको विकासप्रतिको चाहना उनी सबैको कुरा सुन्ने, हामीजस्ता पाहुनालाई घरमा बास दिने अनि बेलुकी सधै गफगाफ हुने थलो पनि रहेछ।

अग्लो ठाउमा बस्ती बसेको पाइयो। अन्न भनेको आलु, गौ र जौ हुने रहेछ। बल्ल बल्ल ८ वा ९ महिला लगाएर एउटा बाली हुन्छ। किनकि घामको राप कम हुने, चिसो अनि बदली भइरहने किसिमको मौसम छ।

बदली भइरहने भएका कारण त्यो छलफलको समय अवधिमा पनि जब दिनमा घाम लाग्थ्यो महिलाहरु छानमा राखेको जौं चुट्न जान्थे जब बादल लाग्थ्यो तालिम कोठामा आउँथे। यो महिलाहरुको नै काम रहेछ।

घरको छानामा जौं भण्डार गर्ने गर्दारहेछन् घरको छाना र घरभित्र बाहेक ओभानो ठाउँ भेट्टाउन मुस्किल पर्ने रहेछ। त्यहाँ माटो र ढुंगाको घर भए पनि छानामा बिस्कुन सुकाउन र अन्न चुट्न हुने किसिमले बनाइएको हुँदोरहेछ। सबै घरहरु एक–अर्कोसँग टासेर बनाइएको हुँदोरहेछ।

बिहान बिहान धारामा मुख धुन जाने गथ्र्यौं। पानी त यति चिसो थियो फ्रिजबाट निकालेको बोतलको पानी जस्तो। मानिसहरु पानी लिन आएका देखिन्थे। चीसो भएर होला मानिसहरुलाई मुख हातगोडा धुदैन रहेछन। दाँत पनि माझ्न नपर्ने। अनि मैला धैला त हुने नै भए।

शरीरमा टालेको, फाटेको र मैलो लुगा। खुट्टामा जुत्ता छैन। अनुहार भने हसिलो र राम्रो छ तर खिनाउनटे छन् सवै। “आटो खायो फाटो लायो” भन्ने त उखान जस्तै रहेछ।

बदली भइरहने भएका कारण त्यो छलफलको समय अवधिमा पनि जब दिनमा घाम लाग्थ्यो महिलाहरु छानमा राखेको जौं चुट्न जान्थे जब बादल लाग्थ्यो तालिम कोठामा आउँथे। यो महिलाहरुको नै काम रहेछ। घरको छानामा जौं भण्डार गर्ने गर्दारहेछन् घरको छाना र घरभित्र बाहेक ओभानो ठाउँ भेट्टाउन मुस्किल पर्ने रहेछ।

जौं, गहुँ, फापर र आलुले ज्यान धान्दा रहेछन् मैले एम ए को विद्यार्थी भएको समय त्रिभुवन विश्वविद्यालयमा जुम्लावारे एउटा वृत्तचित्र हेरेको थिए। एउटा विषयले मलाई छक्क पारेको थियो।

कसैलाई पेट दुख्यो भने पित्तलको डाडु तताएर सेकेको यति तातो कि जीउको छाला नै खुइलिएको देखाएको थियो। भनिएको थियो डामेपछि त त्यो छालागएको ठाउमा नै दुख्ने भयो पहिलाको दुखाइ त थाहा नै नहुने भयो। यस्तो उपचार विधि रहेछ ४५ बर्षअघि। हामी पुग्दा चाहिँ त्यो चलन हराइसकेको थियो।

भोलिपल्ट हामीसगं महिला विकासका लागि आवश्यक कुराहरुबारे छलफल गर्न महिलाहरु भेला भए। जहाँपनि तालिम कार्यक्रम भेलामा भाग लिन आउँदा महिलाहरुले कपाल कोरेका र लुगा फेरेका हुन्थे।

उनीहरुसँग जे जस्तो छ त्यसलाई मिलाएर लगाएका हुन्थे। तर यहाँ भने महिलाहरुले हरेक दिन एउटै मात्र जामा जस्तो लुगा लगाएका थिए। त्यो पनि धेरै ठाउमा टालेको अनि मैलो न मैलो भएको देखिन्थ्यो । महिलाहरुले घाटीमा थरी थरी पोतेहरु लगाएका हुन्थे।

लुगा धुने र नुहाउने चलन थिएन भन्ने देख्दै थाहा पाइने थियो। तर विशेषता यही परिवेशमा पनि त्यहाँका मानिसहरु हंसिला थिए। पहिला त हामीलाई त्यहाँ जानु अघि त्यहाँका ग्रामीण महिलाका भाषा बुझ्दैनौं तिमी शहरीया महिलाहरुले भनिएको थियो।

त्यसको जवाफमा मैंले नेपाली महिलाको गाउँको भाषा हामी बुझ्छाैं छौ भनें। हामी रमाइलोसंग एक अर्का बीच आफूलाई अभिव्यक्त गरिरहेका थियौं। हाम्रो अवलोकनको आधारमा हामीले साधारण स्वास्थ्य, मातृशिशु, सरसफाई र महिला विकासको आवश्यकताका कुरा ग¥यौं।
तयार भयो भन्ने चलन रहेन छ। किनभने खर्च हालेर किनेको सामल खाँदा खर्च खाने भनिदो रहेछ। उनले हास्दै हामीलाई अर्थ लगाइन्।

यस गाउँको मुख्य खेती नै आलु र जौ रहेछ । त्यतिवेला यहांका बासिन्दा ६ घण्टा उकालो–ओरालो हिडेर एक डोको आलु प्रतिकिलो ४ रुपैयाँको दरमा जुम्ला बजारमा बेचेर घर फर्किन्छन्। ठाडो उकालो आरालो खुट्रटा चिप्लेर केही गरे लडेमा बाँचिदैन। मानिसको ज्यानको त कुनै महत्व छैन। यो आलुको भारी वोकेर वजार पुर्याउनेमा महिला र पुरुष दुवैले काम गरेका देखिन्थे।

उनीहरुको जमिनको आयस्ताले वर्षको ३ देखि ४ महिनामात्र खान पुग्छ। बाँकी राडीपाखी बुन्ने, ज्यालावनी गर्ने र पुरुषहरु हिउँदमा मधेश वसाइ आउने गर्दा रहेछन्। ज्याला त्यतिवेला पुरुषहरुलाई रु.१०० दैनिक थियो। त्यो पनि जो डकर्मी, सिकर्मी छन्, महिलाहरु ढुंगा, माटो बोक्छन् । दैनिक रु.५० कमाउँदा रहेछन्।

जहाँपनि तालिम कार्यक्रम भेलामा भाग लिन आउँदा महिलाहरुले कपाल कोरेका र लुगा फेरेका हुन्थे। उनीहरुसँग जे जस्तो छ त्यसलाई मिलाएर लगाएका हुन्थे। तर यहाँ भने महिलाहरुले हरेक दिन एउटै मात्र जामा जस्तो लुगा लगाएका थिए। त्यो पनि धेरै ठाउमा टालेको अनि मैलो न मैलो भएको देखिन्थ्यो । महिलाहरुले घाटीमा थरी थरी पोतेहरु लगाएका हुन्थे।

अभाव, गरिवी, अशिक्षा, कुपोषण र कुसंस्कार समाजमा व्याप्त थियो। त्यस गाउँमा १२० घरधुरी छन्। हाल ५० वर्ष भएका केही महिलाहरुले १२ वर्षदेखि १५ वटासम्म वच्चा पाइसकेका छन्। ३ देखि ४ जना वच्चामात्र बाँचेको कुरा बताउँछन्। जवानदेखि अधवैसे महिलासम्मले बच्चा मरेको दारुण कथाहरु बताए । धेरैलाई झाडापखाला, निमोनिया, दादुरा र टिवी लागेर मर्ने कुरा गरे।

तर मलाई कति दिनसम्म घरमा आएर खाना खादा पनि त्यो गरीब गाउँ सम्झेर झसक्क हुन्थे। हाम्रा नेताहरु कहिले पनि किन नझस्केका होलान भन्ने लागिरहन्छ। त्यस्तै गरीब गाउँबाट चुनाव जितेर त आउँछन्। पटमारामा ५ दिन रमाइलो आतिथ्य सत्कारमा रमायौं र भेटघाटले धेरै कुरा सिकायो। प्लेन उड्ने बेलामा त हामी केही अफलोडमा पनि परियो।

जुम्ला जान प्लेनको टिकट पाउन जति कठिन थियो। फर्कन पनि प्लेनको टिकट पाउन सजिलो थिएन । प्लेनको टिकट किन्न आरएनएसी अफिस भित्र पस्न पाइने थिएन । महिला र पुरुष उभिने वेग्लै लाइन।

अफिसको झ्याल वाहिर त्यो पनि काठको धेरा लगाएको झण्डै पशु चिकित्सालयमा गाईवस्तुलाई औषधि खुवाउने वेलामा लैजाने ठाउको संझना भयो मलाई। त्यसले के जनाउछ भने यातायातको साधन भन्नु सीमित छ र धेरै मानिसलाई यात्रा गर्नुृृ छ। एकथरि त्यसरी लाइन बसेकै हुन्छौ अर्कातिर फेरि टिकट त बाहिर बाहिर बिक्री पनि भैसकेको हुदो रहेछ। यो भयो सामाजिक र नैतिक समस्या।

त्यति गरेर टिकट पाएको प्लेन उड्ने बेलामा त हामी केहीलाई अफलोड पनि गरियो। त्यसताका काठमाडौं आउनेले हाकिमहरुलाई कोसेली स्याउ ल्याउँदा रहेछन्। स्याउ कोसेली ल्याउनु पर्दा हामीजस्ता सर्वसाधारण मानिसहरु त जहाज भित्र चढिसके पनि अफलोड गरिँदो रहेछ।

किनकि स्याउले जहाजमा लोड बढिसकेको हुनेरहेछ। हाकिमलाई बोकेको स्याउ हटाउनु वा घटाउनुभन्दा मान्छे नै निकालिदिइने रहेछ। अनि सिनेमाको जस्तो ब्ल्याकमा टिकट पनि विक्ने रहेछ। अचम्म त लाग्यो। तर, त्यहाँ कुनै पनि नियम कानुन र मानवीयतासम्म थिएन।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *