कविता: जनता जान्न चाहन्छ्न् !
ओ ॠषि धमला !
तिमी मेसिन हौ कि मान्छे ?
जनता जान्न चाहन्छ्न्
कलिलो सुकोमल अनुहार लिएर
सपनाको सहरमा प्रवेश गरेदेखि
तिम्रा भोगाइ र अनुभूतिहरु।
तिमिले भोगेका हजारौं चुनौतीहरु।
तिम्रो मेहनतको रगत, पसिनाले
बाग्मती सर्माउदै बगेकी छिन्।
विद्युतीय रेलको गतिमा !
अन्तरिक्ष यानको गतिमा !
परिक्रमा गर्दै भूमण्डलको प्रवाह गरिरहन्छौ
खोजमूलक समाचारहरु।
ए ॠषि धमला !
तिमी मान्छे हौ कि रोबोट ?
यावत चुनौतीहरु कसरी पार लगाउँछौ?
ओ रोबोटरुपि मान्छे!
रिपोर्टर्स क्लवदेखि प्राइम मिडियासम्म
विद्युतीय रफ्तारमा कुदिरहन्छौ!
कहिलेकाही त लाग्छ त्रिशुलीको वेगसँगै!
त्रिशुलीको छालसँगै!
त्रिशुलीकै पानी खाएको हुर्केको !
तन्नेरी धमला !
चट्टानसँग ठोकिँदै ठोकिँदै !
मजबुत र धारिलो कसरी बनेको होला ?
जलेर उज्यालो दिनुपर्छ !
जल्दाजल्दै कुदिरहनु पर्छ !
देशको, जगतको र एलिजाको लागि !
कहिले भिडमा कहिले एकान्तमा !
तिमी बोलिरहनु पर्छ ।
ए रोबोटरुपि मान्छे !
तिमी मेसिन हौ कि मान्छे ?
ओ ॠषि धमला ?
जनता जान्न चाहान्छन् ?
तनहुँ
Facebook Comment