संसदमा विश्वासको मत गुमाउँदै देउवा सरकार
![संसदमा विश्वासको मत गुमाउँदै देउवा सरकार](https://www.dcnepal.com/wp-content/uploads/2021/07/sherbahadur-deuba.jpg)
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा नेकपा एमालेको माधव नेपाल समूहको गठबन्धनकोतर्फबाट प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा हुँदासमेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारलाई पूर्णता दिन सकेका छैनन्।
मन्त्रिपरिषदलाई पूर्णता दिन र विस्तार गर्न नसकेको अवस्थामा १६५ सांसदको समर्थन प्राप्त गरेका प्रधानमन्त्री देउवाले अहिले संसदमा विश्वासको मत गुमाइसकेको अवस छ। अहिले देउवाको समर्थनमा नेपाली कांग्रेसको ६१, माओवादी केन्द्रको र जनता समाजवादी पार्टीका २० जना सासदमो मात्र समर्थन रहको अवस्था छ।
संसमा अहिले बहुमतका लागि १३६ सांसदको समर्थन आवश्यक पर्छ। प्रधानमन्त्री देउवासँग अहिले १३० जना सांसदको मात्र समर्थन रहेको छ। बहुमतका लागि देउवालाई नेकपा एमालेको माधव नेपाल समूहको समर्थन आवश्यक पर्छ।
ससदमा विश्वासकाे मत लिँदाा १६५ सांसदको ठूलो समर्थन प्राप्त गरेका प्रधानमन्त्री देउवाले नाटकीय रूपमा विश्वासका मत गुमाउन थालेका छन्। र, यो घटनाले राजनीतिक दलहरूलाई सत्तामा पुग्नका लागि आवश्यक पर्ने संसदीय बहुमत अफाप हुँदै गरेको घटनाक्रमले देखाउँछ।
नेकपा एमालेको तर्फबाट पधानमन्त्री भएका केपी ओलीसँग निकट दुईतिहाई बहुमत रहेको थियो। तर राजनीतिक घटनाक्रममा पदबाट विस्थापित हुनु अगाडि केपी ओलीले संसदबाट विश्वासका मत लिँदा उनको पक्षमा जम्मा ९६ मतमात्र परको थियो । र यो घटना समेतले निवर्तमान प्रधानमन्त्री ओलीलार्ई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई पधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गर्ने आधार बनेको थियो। जनभावना साप्ताहिकबाट
Facebook Comment