अफगानिस्तान घटनामा सरकारको धारणा सार्वजनिक
काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले सरकारको धारणा सार्वजनिक अफगानिस्तानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।
नेपालले शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ । अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । त्यस्तै अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको छ ।
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment