कविता : फरकधार

डिसी नेपाल
५ भदौ २०७८ ६:३६

उनको र मेरो गन्तव्यको दिशा एकै छ
र पनि अनुभूतिका दिशाहरु फरक छन्
विगत एकै थियो विकासको गति पनि
खै फरकधारको सृजना कता कताबाट
एक्कासि उदाङ्गिएर बेसुरले गाँज्न थाल्छ
उनि र म नचाहेको फरकधारमा क्रमश पुग्छौ
अनि सभ्यँतामा फरक धारहरू मडारिन्छन्।

विचारहरूको गन्तव्य शुन्य प्रष्ट देखिन्छन्
प्रश्न सभ्यँतामा निरन्तर अनुत्तरित रहेका छन्
र पनि फरकधार अनुसरणमा यन्त्रवत छ
धारहरू सभ्यताको आधारस्तम्भ हुने थियो
खै फरकधारको सृजना कता कता बाट
सभ्यतालाई ग्रसित गर्दै फुत्त भित्र छिर्छ
उनि र मलाई भिन्न कित्तामा धकेलिदिन्छ
अनि सभ्यता भित्र नराम्रो बिभेद गाँजिन्छ।

फरकधारहरू आफैमा पुर्णतामा छैनन्
धारणा बोक्नेहरू न आफैमा पूर्ण छन्
केवल सीको छ धारणाहरूको बिधिवत
किनकि जोड घटाउको नराम्रो अनमेल
सभ्यँतामा रमाउने मिठो अस्त्र वनेको छ
उ मेरो धारको अनि उनको धार फरक छ
अनेकन धारहरू खोजिन्छन सभ्यतामा
सभ्यँतामा फरकधार शक्तिमा गाँजिन्छ।

ठीक छैन धारहरू कसरी भन्नु दुविधा छ
ठीक छ कि जस्तो आभाष र विश्वास छ
फरकधारहरू सभ्यँतामा आफै हुर्काईन्छ
अनि टुक्रा टुक्रा हुन्छन् सभ्यँताका धारहरू
विभक्त हुन्छन् आफैमा शंका विकास हुन्छ
आफ्नैमा लडदै सभ्यँता भित्र जित जन्मिन्छ
फरकधारहरूमा सभ्यँताको इतिहास कोरिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *