झापामा दम्पत्तिद्वारा झुण्डिएर आत्महत्या
काठमाडौं। झापामा एकै परिवारका दम्पत्तिले झुण्डिएर आत्महत्या गरेका छन्। आफ्नो ८ महिनाको छोरीसहित दम्पतीले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अहिले घटनास्थलमा झापाका एसपी सानुराम भट्टराई आफैं पुगेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आत्महत्या गर्नेमा विक थरको परिवार रहेका छन्।
झापाको कनकाई–१ का स्थानीय दम्पतीले आफ्नो ८ महिनाको छोरीसहित सोमबार बिहान आफ्नै घरको कोठाभित्र झुण्डिएर आत्महत्या गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा आर्थिक अवस्था निकै कमजोर भएकै कारण देखिएको छ। केही समयअघि श्रीमानलाई कोरोना समेत भएको र उपचारमा समेत ऋण लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रिया
Facebook Comment