वैदेशिक रोजगार विभागका महानिर्देशक दवाडीको अवकाश
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी सेवा निवृत्त भएका छन् । बैशाख ५ गते विभागको नेतृत्वमा आएका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भएका हुन् ।
उनी चार महिनाको कार्यकाल सकेर सेवा निवृत्त भएका हुन् । दवाडीको अवकाशपछि अब विभागमा नयाँ महानिर्देशक को हुने भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । विभागका एक कर्मचारीले भने, ‘विभागमा त्यसरी पद खाली त नराख्नु पर्ने हो तर गत आइतबार र सोमबार सार्वजनिक विदा परेकाले नयाँ महानिर्देशकको निर्णय भइनसकेको हुनसक्छ ।’
ती कर्मचारीका अनुसार हालसम्म विभागमा अब को महानिर्देशक हुने भन्ने निर्णय भइसकेको छैन । दवाडीले यसअघि वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख र साउदी अरबस्थित नेपाली दूतावासको श्रम काउन्सिलरको जिम्मेवारीसमेत सम्हालेका थिए ।
Facebook Comment