मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।
सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।
यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment