बल्ल आयो तुइन काण्डबारेको छानविन प्रतिवेदन

डिसी नेपाल
१५ भदौ २०७८ २०:०३

काठमाडौं। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेको भन्दै सर्वत्र आलोचना भएपछि अहिले साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाइएको छ।

मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन्। सो प्रतिवेदनमा के के विषय उल्लेख गरिएको छ भन्ने बारेमा केही सार्वजनिक गरिएको छैन।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएपछि मन्त्रालयले छानवीन समिति गठन गरेको थियो। धामीको अवस्था अहिलेसम्म अज्ञात छ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन काटेपछि महाकाली खसेर बेपत्ता भएका थिए।

पछिल्लोपटक भदौ १० गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले बेपत्ता भएका जयसिंह धामीको बारेमा यथाशीघ्र सत्य तथ्य पत्ता लगाएर घटनाको यथार्थ विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *