मनिषाको ‘टक फ्र्याङ्क्ली’ डिसी नेपालमा

अमेरिका । नेपालको टेलिभिजन पत्रकारितामा स्थापित संचारकर्मी मनिषा घिमिरेले ‘टक फ्र्याङ्क्ली’ नामक नयाँ टक शो सञ्चालन गर्ने भएकी छन्। नेपाल टेलिभिजनमा १८ बर्षभन्दा बढी समाचार वाचन गरेकी संचारकर्मी घिमिरेले अमेरिकाको कोलोराडोबाट यो नयाँ टक शो सञ्चालन गर्ने भएकी हुन्। सेप्टेम्बर २ तारिकमा उनको पहिलो कार्यक्रम प्रसारण हुने भनेको छ।
नेपाल टेलिभिजनको समाचारवाचिका, रिपोर्टर र सम्पादकका रुपमा काम गरिसकेकेकी घिमिरेले ‘सिनेमा सिनेमा’ र ‘जीवन यात्रा’ जस्ता चर्चित कार्यक्रमहरु संचालन गरिसकेकी छन्।
उनको सो कार्यक्रम डिसी नेपालमार्फत प्रसारण हुने छ। अमेरिका, नेपाल, भारत, जापान, कोरिया, खाडी मुलुकहरु र युरोपसहित संसारका धेरै देशहरुमा नेटवर्क रहेको डिसी नेपालले सो टक शो महिनामा दुईपटक अर्थात् हरेक १५ दिनमा प्रसारण हुने जनाएको छ।
विदेशमा बसेर पनि नेपाल र नेपालीको गौरव बढाइरहेका व्यक्तित्वहरु, विभिन्न पेशा र व्यवसायमा संघर्षरत तथा सफलता हासिल गरेकाहरुका प्रेरणादायी कुराहरु खुल्ला र स्पष्टरुपमा संसारभरका नेपाली भाषी समुदायलाई पुर्याउने र उनीहरुका उपलब्धीहरुको उत्सव मनाउने कार्यक्रमका रुपमा ‘टक फ्र्याङ्क्ली’ शो को डिजाइन गरिएको छ।
पत्रकारितमा स्नातकोत्तर गरेकी र नेपाल प्रेस इन्टिच्युटबाट समेत पत्रकारिता अध्ययन गरेकी घिमिरे इनिसिएटिभ्स अफ मिडिया ओमेनकी अध्यक्षसमेत हुन्। डिसी नेपालको फेसबुक पेज र युट्युव पेजबाट प्रसारण हुने उनको पहिलो शो भर्खरै रेकर्ड भएको छ।
Facebook Comment