तेलुगु सुपरस्टार महेश बाबुलाई भेट्न पुगेकी १०६ वर्षकी फ्यानले मन थाम्न नसकेपछि…

डिसी नेपाल
११ मंसिर २०७५ १३:३९

हैदराबाद। तेलुगु फिल्मका सुपरस्टार महेश बाबुका फ्यान करोडौं छन् । तर, फिल्म महर्षिको सुटिङस्थलमा भेट्न आएकी एक महिला फ्यान देखेर महेश बाबु आफैं दंग परे । यी महिला राजमंडरी आन्ध्रप्रदेशबाट आएकी थिइन्। उनको नाम रेलांगी सत्यवती हो । रेलांगी आफ्ना मनपर्ने सुपरस्टारलाई देखेर यति भावुक भइन् कि खुसीले उनले महेश बाबुको हात चुमिन् । रेलांगीले महेश बाबुसँग लामै समय कुरा पनि गरिन्।

रेलांगीको उमेर १०६ वर्ष छ। महेश बाबुले जब थाहा पाए कि उनकी एक फ्यान यस्ती छिन् जसको उमेर १०६ वर्ष छ, उनी चकित परे । आफ्नो मनपर्ने स्टारसँग कुराकानीको क्रममा रेलांगी निकै भावुक भएकी थिइन् । रेलांगीको माया देखेर महेश बाबु पनि भावुक भए । उनले महिलासँग आफ्ना केही फोटो इन्स्टाग्राममा शेयर गरे र एक पोस्ट लेखे।

महेश बाबुले पोस्टमा लेखेका छन् ‘यो निकै आश्चर्यजनक कुरा हो कि यो उमेरमा पनि कोह ियति माया गर्न सक्छ । यो प्रेम र स्नेह पाएर म आफैंलाई भाग्यमानी ठानेको छु। मेरा फ्याननको प्रेमले मलाई सधैं उत्प्रेरणा दिइरहेको छ तर मलाई आशीर्वाद दिन आएकी १०६ वर्षकी रेलांगी सत्यवतीले मेरो मन छुनुभएको छ । मलाई खुसी छ कि मैले उहाँलाई खुसी पार्न सकें । इमान्दार भएर कुरा गर्ने हो भने उहाँसँग भेटेर म धेरै खुसी भएँ । उहाँमाथि भगवानको कृपा रहोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *