के विप्लव यस्तो भेषमा भृकुटिमण्डपमा आएका थिए ?

डिसी नेपाल
११ मंसिर २०७५ १५:२१

काठमाडौं । यही मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठनको पाँचौँ वर्षगाठको अवसरमा गरेको विशाल जनसभामा पार्टीका आधिकांश नेता उपस्थित थिएनन्।

पार्टीका महासचिव विप्लव देखि लिएर स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला, सन्तोष बूढा मगर लगायतका नेताहरू स्टेजमा देखिएनन्।

विप्लवको भाषण सुन्नकै लागि भनेर पुगेका कतिपयका आँखा विप्लव कतिखेर आउँछन् भन्नेतिर थिए। सुरक्षा निकायको कडा निगरानीका बिच विप्लव सभामा देखिएनन्। तर, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विप्लव उक्त सभामा उपस्थित भएको भनेर सामाजिक सञ्जालमा प्रचार गरेको विषयले चर्चा पाएको छ।

विप्लव मञ्चमा नभई सामान्य व्यक्तिको रुपमा दर्शकदीर्घामा बसेको दाबी कार्यकर्ताले गरेका छ्। विप्लव भूमिगत भएको र भारतमा बसेर पार्टी चलाएको आरोप सरकार र सत्तासीन दलहरूबाट खेपेपछि विप्लव कार्यकर्ताले यस्तो तस्विर सार्वजनिक गरेको बताइएको छ। विप्लव उक्त सभामा सहभागि नभएको बताएको छ।

जनसभाको भोलीपल्ट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एउटा टेलिभिजन अन्र्तवार्तामा विप्लव कहाँछन् भन्ने प्रश्नमा भनेका थिए , “केहि दिन अघि काठमाडौंमै हुनुहुन्थ्यो अहिले पूर्वतिर जानु भाछ, कहिले पश्चिम जानुहुन्छ। “




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *