नेपालकाे निर्माणाधीन बाल अस्पताललाई अमेरिकाबाट सहयोग

वाशिंटन। नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भइरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (KIOCH) लाई युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।
मुटु रोग बिषेसज्ञ डा. भगवान कोइरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ अस्पताल निर्माण भइरहेकाे छ।
हालै न्यु हेम्प्शायर नेपाली कम्युनिटीद्वारा आयोजना गरिएको भर्च्युएल कार्यक्रममा डा. कोइरालाले हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपाल भरीको बालबालिकाको उपचारको लागि पर्याप्त न भएकोले काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइ रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरिने बताए।
उनले बिभिन्न तथ्यांक प्रस्तुत गर्दै अहिले बाल मृत्यु दरको संख्या ठूलो रहेको र यो अस्पताल पछि यो संख्या घट्ने बताए। उनको भर्च्युएल मन्तब्यबाट प्रभावित भइ अर्गनाइजेसनले सहयोग संकलन गरेको अर्गनाइजेसनका महासचिव शेखर राईले बताए।
राईका अनुसार बिभिन्न १४ जना व्यक्ति हरुबाट अमेरिकी डलर $६९०७ (नेपाली रू ८ लाख १७ हजार) संकलन गरिएको र यो रकम सिधै काठमाडाै प्राप्त हुनेगरी हस्तान्तरण गरिएको थियो।
अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एन आर एन अमेरिकाका भू.पू. अध्यक्ष शिव कुमार राईबाट संयुक्त रुपमा न्यु हेम्प्शायार नेपाली कम्युनिटीका पुर्व अध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धी सरोकार राख्ने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो। सोही समारोहमा हालसालै साँस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बॉधिएका अतिथी लुमन केसी र रेखा गुरुङ लाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेसनले बधाई तथा शुभकामना दिएको थियो।
स्मरण रहोस,यस च्याप्टरका पूर्व कोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्युहेम्पशायर बस्नु हुने राजन कुथुमी राईले आफ्नो स्वर्गीय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यस अघि नै यस बाल अस्पताल लाई सहयोग गरिसकेका छन्।
Facebook Comment