बिजुलीको तारमा अल्झिएको चराको हेलिकप्टरबाट उद्धार ! (भिडियो)
काठमाडौं। सामाजिक संजालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा बिजुलीको तारमा अल्झिएको एउटा चराको उद्धार भइरहेको छ । यो चरालाई बचाउनको लागि हेलिकप्टरबाट उद्धार अपरेशन चलाइयो । भिडियोमा सीगल प्रजातिको चराको ज्यान बचाउनको लागि हेलिकप्टरको प्रयोग गरिएको देखिन्छ । यो उद्धार अभियानको एउटा भिडियो भाइरल भइरहेको छ । यो भाइरल भिडियो हेरेर सामाजिक संजाल प्रयोगकर्ताहरुले उद्धार टिमको प्रशंशा गरिरहेका छन् ।
भिडियोमा एक व्यक्ति हेलिकप्टरसँग जोडिएको संरचनामा बसेर बिजुलीको तारमा अल्झिएको सीगल चरालाई निकाल्ने कोसिस गरिरहेका छन् । यी व्यक्तिले निकै सावधानीपूर्वक चरालाई बिजुलीको तारबाट निकालेर एउटा झोलामा राख्छन् त्यसपछि हेलिकप्टर त्यहाँबाट जान्छ । डेली मिररका अनुसार यो भिडियो अहिलेको होइन । यो भिडियो ८ वर्षअघि २०१३ मा भएको घटनाको हो । यो घटना अमेरिकाको भर्जिनियामा भएको थियो ।
View this post on Instagram
रिपोर्टअनुसार यो चरा त्यहाँ तारमा २४ घण्टादेखि अल्झिएको थियो । चरा अल्झिएको देखेपछि भर्जिनिया डोमिनियन पावरले चरालाई मुक्त गराउनको लागि हेलिकप्टरको प्रयोग गरेर अपरेशन चलायो र चरालाई त्यहाँबाट सुरक्षित बाहिर निकालियो । २०१३ को यो भिडियो अहिले फेरि सामाजिक संजालमा शेयर भएको छ । यो भिडियोको क्याप्सनमा भिडियो पुरानो भएको नखुलाइएकोले प्रयोगकताृहरु झुक्किएका पनि छन् । २ दिनअघि जाट्स ग्यालरी नामक इन्स्टाग्रामबाट शेयर गरिएको यो भिडियोमा लाखौं भ्यु छन् ।
Facebook Comment