नेपाली युवा पोखरेलको क्यालिफोर्नियामा निधन
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा बस्दै आएका २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको निधन भएको छ । उनको हिजो(सेक्टेम्बर ४) शनिबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
गत बिहीबार सुतिरहेको अवस्थामा अचेत भेटिए पछि पोखरेललाई आफन्त र साथीहरूले नजिकैको ओकल्यान्ड काईजर अस्पतालमा पुर्याइएको थिए । उनी झापा जिल्लाको बिर्तामोडका हुन् । उनको परिवारमा बुवा, आमा र श्रीमती छन् ।
सन् १९९५ फेब्रुअरीमा जन्मिएका पोखरेल डीभी भिसाको माध्यबाट सन् २०१७ मा अमेरिका पुगेका थिए । हाल सनफ्रानसिस्कोबाट पूर्व उत्तरमा रहेको सहर रिचमोण्डमा बस्दै आएका पोखरेलको शनिवार उपचारको क्रममा मृत्यु भएको ओकल्याण्डस्थित काइजर अस्पतालले पुष्टि गरेको छ ।
पोखरेलको शव व्यवस्थापन र आवश्यक सहयोगका लागि, ह्वाइट जोन क्यालिफोर्निया च्याप्टर, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेटस ह्यारी भण्डारी, गैर आवासीय नेपाली सङ्घ, अमेरिकाका पश्चिम तटिय क्षेत्रका क्षेत्रीय संयोजक श्रीराम थापा र गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा काम गरिरहेको जनाइएको छ ।
स्वर्गीय पोखरेलको परिवारको अनुरोधमा शव व्यवस्थापन गरी नेपाल पठाउनका लागि आवश्यक काममा लाग्ने खर्च जुटाउन ह्वाइट जोन क्यालिफोर्नियाको तर्फबाट गोफण्ड खोलिएको छ ।
Facebook Comment