फिलिपिन्सद्वारा नेपालसहित १० देशमाथि लगाएको यात्रा प्रतिबन्ध सुचारु

डिसी नेपाल
२० भदौ २०७८ १३:३५

काठमाडौं । फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएर सुचारु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिलिपिन्सले कोरोना भाइरस संक्रमणको हालको अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ।

फिलिपिन्सले भोलि (सोमबार)देखि लागू हुने गरि ति देशहरुसँग यात्रा सुचारु गर्ने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी दिएका छन् । तर, फिलिपिन्स जाने यात्रुहरूले प्रवेश परीक्षण र क्वरेण्टीनलगायत सम्बन्धी नियम भने पालना गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *