गृहमन्त्रालयको विज्ञप्तिप्रतिः प्रकाशमानको आपत्ति
काठमाडौं ।नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको होकी भनेर नागरिकस्तरमा आलोचना सुरुभएको बताएका छन् ।
सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले गरेको कार्यक्रममा नेता सिंहले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको बताए । उनले यस्ता विषयमा सरकार सच्चिनुपर्ने बताए ।
‘सरकारले जनताको दुःखमा साथ दिनुपर्छ, जनाताका पक्षमा हुनुपर्दछ । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्छ,’ उनले भने ।साथै, नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धादलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारणा राखे। नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन नसक्ने उनको भनाई छ। साथै, सिंहले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए।
१३ औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको र कम्युनिस्टहरुले संविधान र ब्यवस्थामाथि नै प्रहार गर्ने खोजेको उनको भनाइ थियो।
Facebook Comment