बुधबारदेखि मनकामना मन्दिर खुल्ने

डिसी नेपाल
२१ भदौ २०७८ २२:०१

काठमाडौं । मनकामना मन्दिर भदौ २३ गतेबाट खुला हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भक्तजनहरुलाई ढोका बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाई मन्दिर खुला गर्ने निर्णय गरेको हो । पूजा सामाग्री भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुग्ने व्यवस्था मिलाउनेछन् ।

शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु¥याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *