बीपीवादलाई व्यवहारमा उतार्ने ढङ्ग नभएकाहरु

विजयप्रसाद मिश्र
२४ भदौ २०७८ १७:१४

नेपाली कांग्रेसको जन्मदाता मध्येका एक विश्वेश्वर प्रसाद कोइरालाको १०८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमहरु र विज्ञप्तीहरुमार्फत मनाएर औपचारिकता पुरा गरिदैछ । नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले कतिपय सन्दर्भमा बीपीका विचारलाई ‘कांग्रेसजन’ले अनुसरण गर्न सकेनौं भनेका छन् । नेपाली काँग्रेसका महामन्त्रीतथा बीपी पुत्र डा. शशाङ्क कोइरालाले विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्ग चित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको भन्दैछन् ।

बीपीका बारेमा जसजसले आज औपचारिकता पुरा गरेका छन् सबैले उनलाई महान व्यक्तित्वकै रुपमा चित्रण गरेका छन् । तर के उनको सोच, विचार, कदमलाई व्यवहारमा उतार्ने ढङ्ग उनका उत्तराधिकारीहरुमा छ त ? बीपीवादलाई व्यवहारमा उतार्ने ढङ्ग नभएकाहरुले नै अहिले पार्टीको नेतृत्व गरिरहेका हुन् त ? अहिले सर्वत्र यही प्रश्न उठीरहेको छ ।

बीपीका बारेमा जसजसले आज औपचारिकता पुरा गरेका छन् सबैले उनलाई महान व्यक्तित्वकै रुपमा चित्रण गरेका छन् । तर के उनको सोच, विचार, कदमलाई व्यवहारमा उतार्ने ढङ्ग उनका उत्तराधिकारीहरुमा छ त ? बीपीवादलाई व्यवहारमा उतार्ने ढङ्ग नभएकाहरुले नै अहिले पार्टीको नेतृत्व गरिरहेका हुन् त ? अहिले सर्वत्र यही प्रश्न उठीरहेको छ ।

बीपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको हो । वि.सं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरियो । पछि सुवर्णशम्शेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेससं एकता भई वि.सं २००६ मा नेपाली कांग्रेस स्थापना भएको हो । स्थापना हुने वित्तिकै नेपाली कांग्रेसले राणा शासन विरुद्ध शसस्त्र आन्दोलन गरेर २००७ सालको क्रान्ति सफल बनायो । बीपीले प्रजातान्त्रिक समाजवाद प्राप्तिका लागि २००७ सालमा मात्र होइन, पञ्चायतकालमा समेत सशस्त्र आन्दोलनको नेतृत्व गरेका छन् ।

शासकले नटेर्दा कहिलेकाँही सशस्त्र आन्दोलन पनि गर्नु पर्ने रहेछ भन्ने बीपीको निष्कर्ष थियो की भारतको प्रभाव, दवाव र सहयोग प्राप्त भएकोले गरी हालौन त शसस्त्र आन्दोलन भनेका हुन कि त्यसबारेमा थप बहस हुन बाँकी नै छ । तर, नेपाली कांग्रेसले गरेको सशस्त्र आन्दोलनले २००७ सालमा प्रजातन्त्र आएको मान्नु भने मूर्खता नै हुनेछ ।

जहाँसम्म सुनसरीको हरिपुर घटना सशस्त्र आन्दोलन नभई गिरिजाप्रसाद कोेइरालाले आन्दोलन गर्न पैसा चाहिएकोले इनरुवाको बैंक लुट्न पठाएका कांग्रेसी सशस्त्र डफ्फाले बाटोमा परेको हरिपुर प्रहरी चौकी तर्फ फाइरिङ खोलेका हुन ।

त्यस घटनामा एक जना नेपाली प्रहरीको मृत्यु भएको थियो । हरिपुरबाट इनरुवा जान भाडामा बोलाइएको ट्रकका चालक हरिपुरमा कांग्रेस लडाकूलाई इनरुवासम्म पु¥याउन पर्खिएर बसेका थिए । तर आकास्मात गोली चलेपछि सबैको भागाभाग हुँदा भाडाको ट्रक पनि भाग्यो ।

हिडेर इनरुवा जाने कुरै आएन जसले गर्दा बैंक लुट्ने योजना तुहिएर गयो । तर नेपाली कांग्रेसको इतिहासमा पञ्चायतकालमा नेपाली सुरक्षाकर्मी मारेको पहिलो सशस्त्र आन्दोलन हरिपुर घटना दर्ज भयो । हरिपुर प्रहरी चौकीमा हमला गर्ने पूर्व योजना थिएन ।

हतियार बोकेका कांग्रेसको लडाकूहरुको लहडले यो घटना भएको उक्त घटनामा हतियार सहित गएका जसधन राईले सञ्चारकर्मीलाई बताएको पाइन्छ । उही जसधन राई जो ओखलढुङ्गाको टिम्बरबोटे काण्डबाट बाँचेका जीउँदो शहिद हुन, जसले बाटो देखाउन खटिएका गोपाल राईले किन आफ्नो भूमिका निर्वाह गरेनन् भनेर शंका व्यक्त गरेका छन् । अर्थात चाहे सात सालमा गरिएको सशस्त्र आन्दोलन होस चाहे हरिपुर र टिम्बुरबोटेको घटना या बिराटनगरमा राजाको सवारीमा हान्न पठाइएको बमको कथा होस, सबैमा नेपाली कांग्रेस असफल भएको छ ।

अझ सिरानीको खोलमा बम बोक्न लगाएर काठमाडौंमा पक्राऊ परी पञ्चायत सरकारले हत्या गरेका यूवाहरु किन नहुन, सबैमा कांग्रेसको कदम कमजोर नै भएको छ । कांग्रेस सशस्त्र आन्दोलनमा असफल नै रहेको थियो ।

बीपीको प्रजातान्त्रिक समाजवाद भित्र यो सशस्त्र आन्दोलन नपर्नु पनि एक कारण हो या मूख्य नेताको सिद्धान्त एकातर्फ छ तर उनका भाइ वा अन्य जोशिलाहरुले सशस्त्र आन्दोलन गर्ने रहर गर्दा बीपीले रोक्न नसकेका हुन कि ? भन्ने अनुमान गर्न सकिन्छ । तसर्थ बीपीले आफ्नै जीवनकालमा समेत आफ्नो सिद्धान्तलाई हुवहू व्यवहारमा उतार्न सकेनन् । आफैले त नसक्ने अरुले कसरी व्यवहारमा उतार्लान ?

हो, बीपी २००७ सालमा गृहमन्त्री भएकै हुन । तर उनले प्रधानमन्त्री हुने सोच राखेर गृहमन्त्रीबाट राजिनामा दिएका थिए । लगतै बीपी र मातृका कोइराला बीचको सत्ता लालसाले फुट ल्यायो र मातृकालाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो ।

यहाँ बीपीले प्रजातान्त्रिक समाजवाद भन्दा पनि गुटको राजनीति गरे । सिद्धान्तलाई भन्दा पनि गुटलाई प्राथमिकता दिए । कोइराला परिवार बीचमै दरार पैदा भयो । जुन रोग कोइराला परिवारमा आज पनि उत्तिकै झाँगिएको छ । यसलाई यसरी भन्न सकिन्छ, बीपी कोइरालाले परिवार भित्र गुटबन्दीको नयाँ परम्परा बसाले जसलाई उनका उत्तराधिकारीहरुले परिवार भित्र र बाहिर पनि उत्तैकै जोडतोडले लागु गरे । तर के यो ठीक हो त ? पक्कै होइन ।

त्यसैले बीपीलाई माहान मान्नेहरुले यो कुरा कहिल्यै विर्सिनु हुन्न की नेपाली कांग्रेस भित्र सबैभन्दा पहिले गुट बनाउने काम बीपी कोइरालाबाटै भएको थियो । १४ औ महाधिवेशनसम्ममा आउँदा कोइराला परिवार भित्रै चार गुट देखा परेको छ भने सभापतिको उम्मेदवारहरुको दावी हेर्दा नेपाली कांग्रेस कम्तिमा १० गुट उपगुटमा विभाजन भएको छ । आज बीपीलाई सम्झना गर्दा यो गुटको बीऊ रोप्ने परम्परा बसाल्ने को हुन भन्ने प्रश्नको जवाफ खोज्ने हो भने सबैले सजिलै उत्तर पाउन सक्दछन् – कोइराला परिवार । अब कोइराला परिवारले नेपाली कांग्रेसमा गुटविहिन राजनीतिको परिकल्पना गरेर हुन्छ । मुखमा राम राम बगलीमा छुरा भनेजस्तै हो भने के नै भन्नु र ?

बीपीका जीवनमा मूख्य मूख्य मोडहरुलाई विश्लेषण गर्दा उनलाई २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रधानमन्त्री पदबाट हटाएर सुन्दरीजल जेलमा कोचियो । पछि रिहा समेत भए । भारतका गान्धी परिवारसंगको टकराबले गर्दा बीपीले देशका लागि कुनै राम्रो काम गर्ने अवसर नै पाएनन् । आफू त डूबे डूवे कांग्रेसका सबैलाई संगै डूवाए । वि. सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई नेपाल फर्किए ।

नेपाल आएपछि राजाको विरोधमा संगठित रुपमा कुनै काम गर्न नसकेनन् । बरु राजाले बहुदलिय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भनेर जनमत संग्रह गराउँदा बहुदलिय व्यवस्था भनेर भोट माग्न ठूला ठूला आमसभामा सम्बोधन गर्दै देश दौडाहामा हिडेका थिए । लेखकले पहिलो पटक वा भनौ त्यो नै अन्तिम पटक बीपी कोइरालालाई लहानको आमसभामा सम्बोधन गर्ने क्रममा देखेको थियो । मसिनो बोली, अलिअलि सुनिने, हैत यस्तो विस्तारै बोल्नेको कुरा सुन्न पनि किन हजारौं मानिस गाउँगाउँबाट आएका होलान भन्ने लागेको थियो ।

जसरी आमसभामा मसिनो बोली थियो, त्यसैगरी धाँधली गरेर सुधारिएको पञ्चायतले जीतेकोले हामी मान्दैनौ भन्ने गणेशमानको आबाजलाई सार्थक हुन नदिने काम पनि त्यही मसिनो बोलीले गरेको थियो । साच्चिकै बीपी औल्याएको साग जस्तै भइसकेका थिए, विरामीले च्यापेकोले होला उनले आफ्नो प्रजातान्त्रिक समाजवादलाई आफ्नै परिवार भित्र पनि व्यवहारमा ल्याउन सकेनन् । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो ।

व्यवहारमा प्रयोग गर्न नसिकएको उनको सिद्धान्त प्रति आशा बोकेकाहरु र भारतसंग सिंगुरी खेलेर स्वदेशमै बस्न आएकाले राष्ट्रियताका पक्षधरहरु धेरै उनको फ्यान भएका थिए । अन्थेष्टी कार्यक्रममा मानव सागर नै ओर्लिको थियो ।

बीपीले भनेको प्रजातान्त्रिक समाजवादलाई २०१२ सालमा नेपाली कांग्रेसको महाधिवेशनले मूल आदर्श मानेकै हो । उनले २०१६ जेठ देखि २०१७ पुस १ सम्म सरकार चलाउँदा बनाएका नीति र कार्यक्रमहरु उनको सिद्धान्त अनुसार नै थिए की भन्ने पनि यदाकदा लाग्दछ तर व्यवहारमा त जीरो ।

उनका भाइ गिरिजाप्रसाद कोइरालाले नेपालमा भएका उद्योगहरु कमिशनको लोभमा एकपछि अर्को बेचेपछि त झनै बीपीको समाजवाद कांग्रेस जनका लागि जनता झुक्काउन घोक्ने काममा मात्र प्रयोग भयो । बीपी बीपी घोक्ने, कमिशनको पोको बोक्ने बाहेक केही गरेनन् । त्यसैले भन्न सकिन्छ, बीपीवादलाई व्यवहारमा उतार्ने ढंग नै नेपाली कांग्रेस भित्र देखिएन ।

बीपीका जीवनमा मूख्य मूख्य मोडहरुलाई विश्लेषण गर्दा उनलाई २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रधानमन्त्री पदबाट हटाएर सुन्दरीजल जेलमा कोचियो । पछि रिहा समेत भए । भारतका गान्धी परिवारसंगको टकराबले गर्दा बीपीले देशका लागि कुनै राम्रो काम गर्ने अवसर नै पाएनन् । आफू त डूबे डूवे कांग्रेसका सबैलाई संगै डूवाए ।

बीपी यस्तो व्यक्ति थिए जसले आफू प्रधानमन्त्री छँदा १९ नोभेम्बर १९६० मा जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दा ६३ करोड जनसंख्या भएको चीनले राष्ट्रसंघमा उचित र सम्मानजनक प्रवेश पाउनुपर्ने माग राखेका थिए । बीपीले चीनको प्रवेशले मात्र राष्ट्रसंघ जस्तो विश्वसंस्थाले पूर्णता पाउन सक्नेछ भनेकाले उनी प्रति भारतको पुरानो सोचमा नकारात्मक परिवर्तन आयो । उनी अपदस्त हुने विभिन्न कारणहरु मध्ये एउटा कारण यो पनि बन्न पुग्यो ।

बीपीकै सोचका कारणले नेपाली कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ को सिद्धान्तलाई संस्थागत ग¥यो । नेपाली कांग्रेस प्रजातन्त्र र अध्यात्मको हत्या गरेर समाजवाद स्थापना गर्न चाहने कार्यको विरोधी छ, समाजवाद ल्याउनका लागि प्रजातन्त्रको विनाश गर्नु आवश्यक छैन भन्ने यसले आफ्नो धारणा बनाएको थियो । तर बीपीका उत्तराधिकारीहरुले यो सोचलाई बोली र दस्तावेजमा मात्र राख्ने तर व्यवहारमा नल्याउने रणनीति लिए ।

बीपीले धर्मप्रति कस्तो धारणा राख्दथे भन्ने कुरा समेत हिजो आज चाँसोपूर्वक उठाइन्छ । प्रधानमन्त्री छँदा बीपी एक पटक मात्रै पशुपतिनाथ गएको प्रसंग पाइन्छ । त्यो पनि मन्दिरको दक्षिणढोका सामुन्ने युवराज्ञी इन्द्र र बडामहारानी रत्नसहित महाराजाधिराज महेन्द्रको सानो आकारको ढलौटका प्रतिमाहरू उद्घाटन गर्नका लागि गएका थिए । त्यसवेला बीपीले भनेका थिए ‘पशुपतिनाथ समक्ष हात जोडेर महाराजाधिराज राज भएको देख्ता ईश्वरका सामुन्ने सबै बराबर छन् भन्ने बताइरहेको छ ।’

यसले बीपीले ईश्वर प्रति चिन्तन गर्दथे, अध्यात्मको अध्ययन उनमा थियो । तर पूजापाठमा चाँसो थिएन भन्ने देखिन्छ । हुनत, बीपीले बेलाबेलामा ईश्वरसँग विवाद गर्नुभएको र गुनासो गर्नु भएको प्रसंग पाइन्छ त्यसैले उहाँ नास्तिक होइन भन्ने आधारहरु प्रशस्त छन् । तर बुढेशकालमा बढी ज्ञान प्राप्ती हुन्छ भनेजस्तै राजनीतिको उत्तरार्धमा बीपीले राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भन्नुले उनी राजा र धर्मप्रति सकारात्मक भएको पाइन्छ ।

बीपीका पालामा नेपाली कांग्रेसको विधानमा धर्मनिरपेक्षता नलेखेर धार्मिक स्वतन्त्रता लेखिनुले पनि उनको धर्मप्रति अन्तरआत्मामा के थियो भन्ने प्रष्ट हुन्छ । उनी नास्तिक थिएनन्, आस्तिक थिए । त्यसैले धार्मिक स्वतन्त्रताको कुरा गरेका थिए । तर त्यसलाई कांग्रेसले राजनीतिक व्यवहारमा उतार्न सकेन । पैसा र सत्तामोहले धार्मिक स्वतन्त्रतालाई त्यागेर धर्मनिरपेक्षता तर्फ ढल्किए ।

राष्ट्रियताको मामिलामा राजा र मेरो घाँटी जोडिएको छ भन्ने आफ्नै नेताको निष्कर्षलाई नेपाली कांग्रेसले आफू गणतन्त्रवादी बन्न लत्यायो । अर्थात भनौ बीपीवादलाई व्यवहारमा उतार्ने ढंग भएका मानिसहरुले नेपाली कांग्रेसको नेतृत् वगर्ने अवसर पाएनन् । अब कांग्रेसको १४ औ महाधिवेशन शुरु भइसकेको छ । बीपीको जन्मजयन्तीको अवसरले कांग्रेसजनमा बीपीबादलाई व्यवहारमा उतार्ने ढङ्ग प्राप्त होस । बीपीका सपना भित्र पर्ने केही कुराहरु जस्तै प्रजातान्त्रिक समाजवाद, राष्ट्रियताको मामिलामा राजा र मेरो घाँसी जोडिएको छ र धर्मनिरपेक्षता होइन धार्मिक स्वतन्त्रता जस्ता विषयलाई पुरा गर्न नेपाली कांग्रेसको १४ महाधिवेश सफल रहोस । बीपीवादले कांग्रेसमा पुर्नजीवन पाओस ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *