एमालेले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं– नेकपा एमालेले शुक्रबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ ।
एमाले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो । एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो। उसले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो।
प्रतिक्रिया
Facebook Comment