महानगरपालिकाका नागरिकहरु मेरो लागि भगवान हुन : महानगरपालिका प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको चर्चा देशभरीका अन्य मेयरहरुभन्दा फरक ढङ्गले भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट के तपाईं चुनाव जित्न सक्नु हुन्छ त भनेर सोधनी हुँदा मेयरका उम्मेदवार महर्जनले एक लाख रुपैयाँको बाजी मारुम भनेपछि देउवाले मेयरको टिकट दिएको रोचक प्रसंग बेलाबेलामा उठने गरेको छ ।
नेपाली कांग्रेसको विसम परिस्थिति भएको बखत पनि ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले पाँच बर्ष जुन-जुन काम गर्दछु भनेर मतदाताहरुसँग कसम खाएका थिए सो काम मध्ये के–के पुरा भए र के–के बाँकी छन् भन्ने विषयमा केन्द्रित रहेर, नागरिकको आधारभुत आवश्यकताहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि के कस्तो काम गरिरहेका छन् भनेर बुझ्न डीसीनेपालका लागि डा. विजयप्रसाद मिश्रले गरेको कुराकानीको सम्पादित अंशः
यहाँले मेयरमा उम्मेदवारी दिनेबेलामा ललितपुर महानगरपालिकालाई पाँच वर्षभित्र जहाँ पुर्याउँछु भनेर मतदाताको सामुन्ने एउटा भिजन राख्नु भएको थियो । त्यसमा के भइरहेको छ ?
वास्तवमा भिजन, मिशन चाँही भोट बटुल्नको लागि पनि बताउनु पर्ने हुँदो रहेछ । घोषणा पत्र, प्रतिवद्धता पत्र त्यसमा पनि म जिते भने यो–यो काम गर्दछु भनेर मैले अलिकति भिजिनरी दृष्टिकोण चाँही प्रस्तुत गरेको थिएँ। सोही बमोजिम अहिले चार बर्ष सक्किएर पाँचौ वर्षमा टेकिरहेका छौं । यो अवधिको कुरा गर्ने हो भने, कोभिडको बाबजुद पनि प्रतिवद्धता गरेका कुराहरुमध्ये लगभग ८० प्रतिशत पुरा गरिसकेका छौं।
समयको हिसाबले कुरागर्दा पनि पाँच वर्षमा चार वर्ष गयो भने ८० प्रतिशत समय त गयो । अब बाँकी एक वर्षमा बाँकी २० प्रतिशत सम्पन्न गर्छौं भन्ने मेरो ठोकुवा छ।
८० प्रतिशतमा के के गर्नु भयो त ?
यसमा धेरै कुराहरु छन् । मैले यसलाई संक्षिप्तमा भन्दाखेरी सम्पदा क्षेत्रमा गरेका छौं । भुकम्पले तहस नहस भएको सम्पदाको पुर्ननिर्माण हामीले व्यापक रुपमा गरेका छौं।
छुटाउनै नहुने एउटा कुरा त के भने २०७२ सालको भुकम्प पछि ललितपुर महानगर क्षेत्रभित्र चारवटा मन्दिरहरु नेपाल सरकारले चाँही सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अन्तर्गत बनाउन ठेक्कापट्टा ग¥यो । तर ती चारवटा मन्दिरहरु अहिलेसम्म बनेका छैनन् ।
भनेपछि संघीय सरकारले गरेको काम अहिलेसम्म बनेको छैन ?
छैन, अहिलेसम्म बनेको छैन । त्यसबाट हामीले ‘लेशन लर्न’ ग¥यौ की ठेक्कापट्टा गर्नु हुदैन । सम्पदा क्षेत्रमा ठेक्कापट्टा नगरीकन अमानतमा बनाउनु पर्दछ । एउटा सानो उपभोक्ता समिति बनाएर काम गर्नु पर्दछ भनेर मैले निक्कै नै प्रचार प्रसार अथवा एडभोकेट गरे ।
त्यही बमोजिमले हामीले नेपाल सरकारलाई पनि चित्तबुझ्ने गरी भन्न पायौं की सम्पदा क्षेत्रमा काम गराउन टेण्डर नगरीकन अमानतबाट काम गराउनका निमित्त ऐन चाहिन्छ भन्ने कुरा गरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले मैले भनेको कुरा मान्नु भयो र उहाँले एउटा ऐन नै बनाइदिनु भयो । त्यो ऐनमा भुकम्पबाट विग्रिएका सम्पदाहरु बनाउन १० करोड रुपैयाँसम्मको ठेक्का पट्टा गर्नु पर्दैन, स्थानीय उपभोक्ता समितिले गर्न सकिन्छ भन्ने कुरा उहाँले ऐनमा ‘एडे«स’ गरिदिनु भयो । त्यसपछि यहाँ धेरै कुराहरुमा आमूल परिवर्तन भयो ।
त्यसोभए, पर्यटकहरु ललितपुरको मठमन्दिरहरुमा जुन संस्कृति, परम्परा, रितिरिवाज हेर्न आउँथे, उनीहरुले पुरानो जस्तो अवस्थामा थियो अब त्यस्तै अवस्थामा पाउने भए त ?
त्योभन्दा पनि राम्रो अवस्थामा पाउने भए । उदाहरणका रुपमा मैले भन्न खोजे, की पाटन दरवार स्क्वाएर क्षेत्रमा रहेको भीमकाय भीमशेन मन्दिर २०७२ सालको भुकम्पले साढेतीन इञ्च कोल्टे परिसकेको थियो । भत्केको चाँही थिएन । त्यसपछि हामीले त्यहाँ एउटा सार्वजनिक बैठक राख्यौं।
त्यहाँ मैले यो मन्दिर नेपाल सरकारसंग पैसा लिएर ठेक्का पट्टा ग¥यौं भने नबनेको मन्दिरको लिष्टमा यो पाँचौ नम्बरमा दर्ज हुन्छ । भनेपछि आफ्नो नाक तर्फ चोर औला तेस्र्याउँदै ) हाम्रो यो नाक कहाँ राख्ने ? बन्दैन यो मन्दिर, तसर्थ नेपाल सरकारसंग हामीले दुई रुपैयाँ पनि नलिने । यसको लागि जति पैसा चाहिन्छ हामी आफ्लै चन्दा संकलन गरेर बनाउने भनेर मैले ‘कस्ट इस्टिमेट’ गराए । चार करोड ९३ लाख निस्कियो । महानगरपालिकाले एक करोड रुपैयाँ दिने भनेपछि बाँकी तीन करोड ९३ लाख त्यही बैठकमा आउनेहरुले दिने हुनुभयो । एउटै बैठकमा चार करोड ९३ लाख उठ्यो।
त्यो पैसाले अहिले हामीले मन्दिर बनायौं । ९० प्रतिशत काम सक्किसकेको छ । कामको ‘क्वालिटी फस्टक्लास’ छ । ‘एवन क्वालिटी’को छ।
संस्कृति, परम्परा, धार्मिक उत्सवहरुको लागि ललितपुर नमुनाको महानगरपालिका त हो, तर कोभिड १९ को कारणले गर्दा खेरी कहिलेकाँही यहाँ झडप भएको देख्यौं । के त्यसलाई शुरुमै व्यवस्थापन गर्न नसकेको हो या त्यसमा स्थानीय सरकार र संघीय सरकारबीच तालमेल नमिलेको हो ?
यहाँले रातो मछिन्द्रनाथको रथ यात्रालाई भन्न खोज्नु भएको हो। कोभिडको विकराल परिस्थितिका कारणले हामीले विगत १४ सय बर्षदेखि निरन्तर सञ्चालन हुँदै आइरहेको यो जात्रा रोक्नु हुन्न भन्ने मानसिकता हामीले बनायौं तर कोभिडको कारण मानिसको ज्यानभन्दा ठूलो के होला, तसर्थ फेडरल गभरमेन्टको जुन चाहना छ त्यो अनुसार यसलाई हामी अलिकति डाउन गरौं।
अलिकति रोगव्यादी कम भएपछि सञ्चालन गर्ने गरी पोसपण्ड गरेका थियौं । वास्तवमा ‘पोस्पण्ड’ गर्ने काममा रथ निर्माणको काम चन्द्रमासको आधारमा गर्नुपर्नेमा त्यहाँनिर गल्ती हुन गयो । अलिकति ढिला हुन गयो । तर हामीले त्यसलाई रोकेनौं । त्यसलाई शुरुवात गर्ने कुरामा अग्रसर हुँदै थियौं तर ढिलो भएकोले यूवाहरु अग्रसर भए । हामी त रथ यात्रा गर्नु पर्दछ भन्ने पक्षमा नै थियौ।
त्यसमा यहाँ ( मेयर ) र माथिल्लो निकायबीच तालमेल नमिलेको हो की ?
त्यसमा तालमेल नमिलेको भन्दा पनि हामीले अनुरोध गरेको कुरालाई नेपाल सरकारको तर्फबाट जवाफ आउन अलि ढिला भएको हो । खास कुरा त्यतिमात्र हो ।
यसमा हामीले गुठीसंस्थानसंग अनुरोध ग¥यौं । त्यहाँबाट जानकारी आउन अलिकति ढिला भयो । त्यो ढिला हुनासाथ यहाँ सम्पदा प्रेमीहरुले रथ तान्न शुरु गरेका हुन । तसर्थ त्यो बेला अलिकति झडप हुन गयो । त्यसपछि यसलाई हामीले राम्रोसग सम्पन्न ग¥यौं र गएको बर्षपनि कोभिड रहिरहेको हुनाले हामीले प्रतिकात्मक रुपमा मात्र रथ यात्रा गरेर टुङ्ग्यायौं।
सम्पदा भएको स्थानहरुका बाटो साँघुरो छ भन्ने गरिन्छ नि ?
सम्पदा क्षेत्रमा बाटो ठूलो हुनुपर्दछ भन्ने छैन । सम्पदा क्षेत्रमा कुनै पनि किसिमको आँच नपु¥याइकन त्यहाँ अवलोकन गर्ने, हिडडूल गर्ने गर्नु पर्दछ । बाटो ठूलो गर्ने भन्ने भएपछि साइकल गुडने ठाउँमा मोटरसाइकल हुँइकिन थाल्ला, मोटरसाइकल हुँइकिने ठाउँमा ट्याक्सी, गाडी कुद्न थाल्ला । त्यसले त त्यो सम्पदाको महत्व कम हुन्छ ।
सम्पदा क्षेत्रमा कुनै पनि किसिमको आँच नपु¥याइकन त्यहाँ अवलोकन गर्ने, हिडडूल गर्ने गर्नु पर्दछ । बाटो ठूलो गर्ने भन्ने भएपछि साइकल गुडने ठाउँमा मोटरसाइकल हुँइकिन थाल्ला, मोटरसाइकल हुँइकिने ठाउँमा ट्याक्सी, गाडी कुद्न थाल्ला । त्यसले त त्यो सम्पदाको महत्व कम हुन्छ ।
प्रायजसो सम्पदा क्षेत्रमा धर्म कमाउन जाने हो नि त । मोटरसाइकलमा गएर त्यहाँ सयर गर्ने त होइन नि, अलिकति ‘वाक’ पनि हुन्छ । अलिकति सफा रहन्छ ।
भनेपछि पाठकहरुले बुझिदिनु पर्यो कि धर्म गर्न जानेहरुलाई पैदल हिड्दा मोटरसाइकल, गाडीले अप्ठेरो नपारोस भनेर सम्पदा क्षेत्रको बाटो फराकिलो नपारिएको हो ?
हो , भौगोलिक आधारमा कुन स्थानमा कस्तो बाटो बनाउने भन्ने कुरा आउँछ । तर हामीले विश्वसम्पदासूचीमा परेको पाटन दरवार स्क्वाएर क्षेत्रमा हाम्रो भिजन अनुसार त्यहाँ मोटरसाइकल पनि छिर्न नदिने भन्ने योजना छ। भनेपछि किन चाहियो ठूलो बाटो ?
महानगरपालिकाले गरेको प्रतिवद्धताहरुमध्ये हामीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभुत आवश्यकताको दृष्टिकोणबाट हेरौं । महानगरपालिकाका बेरोजगार यूवाहरुको सुकेका ओठहरु रसाउनका लागि यहाँको के योजना छ ?
योजना भनेर हामीले सबैलाई जागिर दिन त सक्दैनौं तर ‘फण्डामेन्टल’ कुरा जस्तै यूवाहरुलाई धेरै किसिमका तालिमहरु दिइरहेका छौं ।
जस्तै के –के विषयका तालिमहरु दिइराख्नु भएको छ ?
हामीले मुर्ति बनाउने, छाना छाउने, काठ र ढुङ्गाका कामहरु गर्ने तालिमहरु संचालन गरेका छौं । महिलाहरुलाई चाहिने कस्टेमिक सामानहरु बनाउनेसम्मको तालिमहरु संचालन गरिएको छ । यूवाहरुलाई वडागत रुपमा उनीहरुको चाहना र आवश्यकता अनुसारको उद्यमी बन्नसक्ने, स्वरोजगार बन्न सक्ने खालका तालिमहरु सञ्चालन गरिदै आएको छ । कोभिडको बेलामा आफैले मास्क र सेनिटाइजर बनाउने तालिमहरु सञ्चालन गरेर यूवालाई दक्ष बनाउने काम गरेका छौं ।
यसले ‘लोकल इम्ल्वाएमेन्ट जेनेरेट’ गर्ने काम गरेका छौं । नयाँ–नयाँ निर्णयहरु गरेर तत्काल आवश्यक पर्ने कुराहरुको तालिम दिएर उत्पादन गर्न लगाउने काम समेत गरेका छौं ।
यो भनिरहँदा हामीले धेरै किसिमका तालिमहरुको व्यवस्थापन ग¥यौं जसले गर्दा ती व्यक्तिहरु जो काम विहिन भएर बसेका छन् उहाँहरुले काम गर्न सक्नु हुन्छ । त्यसमाथी पनि हामीले प्रत्येक वडालाई इलम भएको तर पूँजी नभएकोलाई थोरै थोरै रकमको व्यवस्था गरेर उहाँहरुले ‘इन्टरपेनरसीप डेभेलोप’ गरोस भनेर पैसाको पनि व्यवस्थापन गरेका छौ ।
अब गाँसको कुरा त भयो, अब बासको कुरा गरौं । यो महानगरपालिका क्षेत्रभित्र कृषि योग्य जग्गा जुन प्लटिङ् भयो, त्यो माटोको परिक्षण नगरी घरहरु बनाइरहेको पाइन्छ । कतिपय स्थानमा खोलालाई मिचेर बाटो बनाएको पाइएको छ । बस्तीहरुलाई खुल्ला स्थान, पार्क वा पिकनिक पार्कहरु चाहिन्छ । यसका लागि के–के योजना बनाउनु भएको छ ?
ललितपुर महानगरपालिका क्षेत्र भित्र ७९ हजार घरहरु छन् । हिजोको अवस्थामा यो उपमहानगरपालिका मात्र थियो । चुनावकै लागि यसलाई महानगरपालिका बनाइयो ।
यहाँले भनेको कुरामा चाँही हिजोको गाउँपालिका क्षेत्रहरुको भुगोल चाँही गाउँपालिका कै छ । जस्तो धापाखेलमा गतबर्ष भुक्षय गयो । यही बर्ष पनि केही हदसम्म बाढीले दुःख दियो । यो पनि एउटा समस्या छ । तर यस्तो किसिमको प्राकृतिक दैवी प्रकोपहरु हिजोको उपमहानगरपालिकामा त्यतिको छैन ।
यो कुरा हाम्रो लागि पनि नयाँ नौला हुन् । यसलाई ‘कन्ट्रोल’ गर्नका निमित्त हामीले ‘कन्ट्रोलिङ् म्याकानिज्म डेभेलोप’ गरिरहेका छौं । यसका लागि केही समय लाग्दछ । तर त्यो पछि गएर देखा पर्दछ ।
शिक्षाको लागि के गर्नु भएको छ ?
लितपुर महानगरपालिकामा आधारभूत शिक्षामा क्वालिटी शिक्षा होस भन्नका निमित्त हामीले धेरै किसिमले विद्यालयहरुलाई ‘इन्करेज’ गरिरहेका छौं । ललितपुर महानगर क्षेत्र भनेको मुलुककै एउटा शैक्षिक हब सेन्टर हो । यहाँ देशभरीका मानिसहरु पढ्न आउँछन् ।
यो महानगरको मेयर भनेको यस्तो पद हो जहाँ की प्रत्यक्ष तबरले जनताको सेवा गर्न पाइन्छ । माननीय भएर यत्तिको सेवा गर्न पाइदैन । तसर्थ यो पद ज्यादै नै महत्वपूर्ण हो ।
नेपालका टप–टप बोर्डिङ् स्कूलहरु पनि यही छन् । सामुदायिक विद्यालयहरुमा पनि नेपालमै राम्रो रिजल्ट निकाल्ने विद्यालयहरु पनि यही छन् । तर यति छ भनेरमात्र घमण्ड गरेर भएन । त्यसको दीगोपना हुनु प¥यो । हिजोकोभन्दा गुणस्तर बृद्धि गर्नु प¥यो । त्यसका लागि हामीले उहाँहरुलाई एककिसिमले ‘इन्करेज’ गर्नका निमित्त तपाईहरुको तर्फबाट एसईई परिक्षामा पहिलाकोभन्दा राम्रो रिजल्ट आएमा पुरस्कृत गर्दछौं भनेर पुरस्कारको व्यवस्था पनि गरेका छौं ।
कस्तो पुरस्कार ?
बाग्मती प्रदेश भित्रमा टप गरेमा वा देशभरमा नै टप गरेमा एक–एक लाख रुपैयाँ पुरस्कार दिने काम गरेका छौं ।
अब स्वास्थ्यको कुरा गरौं । ज्येष्ठ नागरिकहरुलाई घरघरमा गएर खोप दिने कुरा महानगरपालिकाले सूचना ग¥यो । घरघर जानका लागि के के गर्दै हुनुहुन्छ ?
हामीलाई खुसीलाग्दछ कि सर्बोच्चले नै असक्त मानिसहरुलाई सरकारले घरघरमा गएर खोप दिनु भनेर आदेश दिएको छ । तर हामीले सर्बोच्चको आदेश आउनु भन्दा दुई दिन अगाडी नै ज्येष्ठ नागरिकलाई घरघरमा गएर खोप दिने निर्णय गरिसकेका थियौं । यसका लागि एउटा विधि बनाएका छौं । त्यस अनुसार स्वास्थ्य अधिकृत सरिता महर्जनको मोवाइल नं. दिएर सूचना जारी गरेका छौं । नामावली संकलन गरिसकेका छौं । कुनै घरको जानकारी हुनासाथ हाम्रो महानगरपालिकाबाट स्वास्थ्यकर्मीहरु भ्याक्सिन लिएर उहाँहरुको घरदैलो मै पुग्नु हुन्छ ।
कोभिडको लागि यो महानगरपालिकाले धेरै काम गरेको छ । सबै भन्न सम्भव पनि छैन । आहा लाग्ने के–के काम भएको छ ?
हामीले गरेको सबै काम आहा छ । हामीले दुईवटा आइसोलेशन सेन्टरहरु अहिलेपनि खोलिरहेका छौं । त्यसमा जुनकिसिमको सर्भिस हामीले ‘प्रोभाइड’ गरिरहेका छौं, त्यहाँ सर्भिस लिने विरामीहरु लगायत भिजिटरहरुले चाँही यो जत्तिको राम्रो आइसोलेसन त नेपालमा छदै छैन् भन्ने प्रतिक्रिया दिएका छन् भने यो जत्तिको आहा के होला र ?
जसले पैसा तिरेर उपचार गर्न सक्दैनन्, उनीहरुले यो महानगरपालिका तर्फ फर्केर हेर्दा के आशा गर्दछन् त ?
उहाँहरुले आश गर्ने थुप्रै कुराहरु छन् । कोविडको टाइममा ललितपुर महानगरपालिकाका लगभग ७ सय कर्मचारीहरु हुनुहुन्छ उहाँहरु सबैको हामीले कोविड इन्सुरेन्स ग¥यौं । लगभग ५० जनाजतिले त्यसको प्रतिफल प्राप्त गर्नु भयो । त्यसमा म पनि पर्दछु ।
कोविड बाहेकको पनि नागरिकको स्वास्थ्य बीमा हुन्छ, त्यसमा के गर्दै हुनुहुन्छ ?
त्यसका लागि राम्रो होमवर्क गरेर लागु ग¥यौं भने अर्को पाँच बर्षका लागि सुखद हुन्छ ।
त्यसो भए, केही मेयरहरुको पाँच बर्षमा पुरा गर्न खोजेको सपनाहरु पुरा नहुँदा फेरी चुनाव उठेर जीतेर पुरा गर्ने इच्छा हुन्छ । यहाँको फेरी मेयरमा उठ्ने इच्छा छ ?
अब यो, ठ्याकै अहिले ‘एस’ या ‘नो’ भन्न चाँही गाह्रो छ ।
आफ्नो मनको कुरा त भन्न पाइयो नि ?
हैन, मनको कुरा त भन्न पाइयो । तर यसो छ, यहाँ दुईटा कुरा छन् । एउटा त पार्टीले पत्याउनु प¥यो ।
पार्टीको सभापतिसंग बाजी मारेर मेयरमा जित्नु भएको छ । अनि पार्टीले नपत्याउने त कुरा आएन नि ?
सकारात्मक पक्ष चाँही त्यो हो । तर अब, अलिकति नकारात्मक पक्ष चाँही के छ भने, हिजोको परिवेशमा जसरी मैले चुनाव जीते । त्यो बेलाको परिवेश भनेको भिन्दै थियो । तर अहिले परिवेश त्योभन्दा सुधारिएको छ । अर्थात अहिले चाँही साच्चिकै भन्नु पर्दा म नेपाली कांग्रेसबाट जीते । अहिले नेकपा पार्टी फुटेको छ । माओवादी केन्द्र छुट्टिसकेको छ । एमाले पनि फुटेको छ । यो परिस्थितिमा हिजो आँट नगर्ने नेपाली कांग्रेसका साना नेताहरुले पनि आँट गर्न थालिरहेका छन् । अब त मैले पनि जित्छु भनेर आँट गरिरहेका छन् । तसर्थ यस्तो परिवेशमा अलिकति उम्मेदवारको संख्या बढ्छ होला भन्ने मेरो धारणा छ ।
यहाँको चाहना भए, डिसी नेपाल मार्फत नै कम्तिमा शेरबहादुर देउवाले वा त्यो पार्टीको पदाधिकारीहरु जसले मेयरको टिकटको निर्णय गर्दछन् उहाँहरुले पहिलेदेखि ‘माइण्डमेकप’ गरेर बस्नु हुने थियो नि ?
यसमा मैले भन्ने गरेको छु । यो महानगरको मेयर भनेको यस्तो पद हो जहाँ की प्रत्यक्ष तबरले जनताको सेवा गर्न पाइन्छ । माननीय भएर यत्तिको सेवा गर्न पाइदैन । तसर्थ यो पद ज्यादै नै महत्वपूर्ण हो । मैले लगभग काम गरे । सिद्धिन सिद्धन लाग्यो । यो चारबर्ष पुगेर पाँच बर्ष लागेको अवस्थामा मैले भए गरेको कामको विरुद्धमा कोही पनि नगरवासीहरु छैनन् ।
र, मैले भन्ने गरेको छु, की तपाई नगरबासीहरु जसले मलाई भोट दिएर जीताउनु भयो । म तपाईहरुको सीर निहुरिने काम गर्ने छैन भनेको छु । तसर्थ अहिलेसम्म उहाँहरु सबै खुसी हुनुहुन्छ । यो अवस्थामा मैले उहाँहरुलाई अझै खुसी पार्नु पर्दछ भन्ने मेरो मनसाय हो ।
अरु नगरपालिकाहरुमा काम गर्न खोज्यो कि छिस्स छिस्स मुद्दा हाली दिने गरेको पाइन्छ । यहाँ के छ चलन ?
हैन, यहाँपनि मेयरले काम गर्ला भनेर मुद्दाहाल्नेहरु थुप्रै छन् । भर्खर दुईवटा मुद्दा आयो रे भनेर मलाई हाकिम सावले भन्नु भयो । कोही त अख्तियारमा पुग्दछन् । तर अख्तियारबाट पत्र आउँदा खेरी एउटै प्रकृतिको पत्र बारम्बार आइरहदो रहेछ । एउटा प्रकृतिको पत्रमा जवाफ पठाइसकेपछि अर्को त नपठाउनु पर्ने हो नि त ? तर पठाइरहदो रहेछ । तसर्थ यस्तो किसिमको वातावरण चाँही ललितपुर महानगरपालिकामा पनि नभएको होइन, छ ।
चार बर्ष काम गर्नु भयो । नागरिकहरु यहाँको कामबाट खुसी भएको पनि बताउनु भयो । तर कामगर्ने क्रममा कहाँकहाँ समस्या पर्दो रहेछ ?
अप्ठेरो भनेको मैले अघि पनि निवेदन गरे । हामी विकास निर्माणको कामकुरो गर्दा खेरी सार्वजनिक खरिद ऐन, २०६३ छ । यसमा आमूल परिवर्तन गर्नु पर्दछ । त्यो नगरेको अवस्थामा हामीजस्तो मानिस जो ‘टाइम वाउण्ड लिमिट’का लागि आएका हुन्छौं । त्यहाँ ठ्याक्कै त्यो काम नहुँदो रहेछ।
उदाहरणका लागि हामीले ललितपुर महानगरपालिका भित्र स्मार्ट सिटीलाई राख्छौं भनेर कुलमान घिसिङ्संग सहकार्य ग¥यौं । उहाँको टेक्निकल सपोर्ट लिएर हामीले यो ललितपुर महानगरपालिकामा स्मार्ट सिटी राख्छौं भनेर कुलमान घिसिङ्संग सल्लाह गरेका थियौं । उहाँको टेक्निकल सपोर्ट लिएर टेण्डर ग¥यौं । तर टेण्डर पर्दा कामै नलाग्ने ठेकेदार साहेवहरु आएछन् । त्यसकारणले उहाँले ए मेयर साव यिनीहरुलाई काम दिनु हुँदैन । यिनीहरुले काम गर्दैनन् । तपाईको पनि बेइज्जत, म पनि बेज्जत हुन्छु भन्नु भयो । अनि ‘क्यान्सिल’ ग¥यौं । अर्को टेण्डर ग¥यौ । त्यसमा सार्वजनिक खरिद ऐनको अक्षरस पालन गर्नु पर्दछ । कदेखि ज्ञसम्म एउटा ‘मिस’ गरियो भने त्यो प्रक्रिया नै स्वीकृत हुँदैन । त्यो अवस्थामा दोस्रो टेण्डर गर्नु प¥यो त्यहाँपनि राम्रो ठेकेदारहरु आइदिएनन् । त्यसलाई पनि क्यान्सिल ग¥यौं । त्यो दुईटा टेण्डर क्यान्सिल गर्दा लगभग एक आर्थिक बर्ष गयो।
त्यसो भए नेपालको कानुनहरुले यति जालझेल गरेको छ कि शुद्ध हृदयले काम गर्दा पनि त्यसमा अवरोधहरु हुने रहेछ ?
हजुर । हो, ठ्याक्कै मिल्छ तपाईले भनेको कुरा ।
त्यसो भए महानगरपालिकालाई प्रदेश या संघ सरकारले के कस्तो सहयोग गर्नु पर्ने देख्नु हुन्छ ?
हुन त स्थानीय तहहरु हिजोकोभन्दा आज आर्थिक रुपले सवल छन् । तर पनि आर्थिक तबरले दुर्बल भएका स्थानीय तहहरुलाई प्रदेश सरकार र संघीय सरकारले मुठ्ठी खोल्नु पर्दछ । अहिले कोविडको सन्दर्भमा कुरा गर्दा संघीय सरकारले स्थानीय तहहरु सबै भनेर एउटा परिपत्र जारी गरिदिन्छ । यो गर, त्यो गर भनेर बुलेटमा वन, टू, थ्री, फोर गरेर पठाउँछ । त्यो काम गर्न पैसा चाहियो नि त ? तर एक पैसा पनि दिएको छैन ।
तर प्रदेश सरकारलाई मैले धन्यवाद भन्ने गरेको छु । हामीले मागेका थिएनौं, उहाँहरुले महानगरपालिकालाई २० लाख दिनु भयो । त्यो हाम्रो लागि सकारात्मक पक्ष हो ।
तर उहाँहरुसंग मेरो एउटा विशेष अनुरोध के भने नि, यो सार्वजनिक खरिद ऐन जो छ, यसलाई सुधार गरिदिनुस । ताकी हामीजस्तो पाँच बर्षका लागि आउने जनप्रतिनिधिहरुले समयमै कामहरु गर्न पाऊँ । तर अहिलेको विद्यमान ऐनले त्यो वातावरण दिएको छैन । धेरै गाह्रो छ ।
महागरपालिकाका नागरिकहरु त साँच्चै भन्ने हो भने त मेरो लागि उहाँहरु त देउता नै हो । उहाँहरुले मलाई जुन किसिमले पत्याउनु भयो, मलाई भोट हाल्नु भयो ।
अब यो सार्बजनिक खरिद ऐन, २०६३ मा ‘लवेस्ट बिट मस्ट गेट द जब’ भन्छ । सबैभन्दा कम मूल्य जसले तोक्यो त्यसले काम पाउनु पर्दछ भन्दछ । त्यो काम क्वालिटीको हुन्छ त ? क्वालिटीको त हुँदैन । यसमा अघि पनि मैले भने । यसमा सुधार गर्नु पर्दछ ।
इन्जिनियरको जुन इस्टिमेट हुन्छ, त्यो फियर जजमेन्ट हो । त्यो रकमको हाराहारीमा पाँच प्रतिशत तल वा माथि के हो त्यस्तो किसिमको ‘म्याकानिज्म’ प्रयोग गरेर सार्वजनिक खरिद ऐनलाई सुधार ग¥यो भने काम राम्रो हुन्छ ।
अहिले यहाँ हेर्नुस, अस्ति अख्तियारको एउटा रिपोर्ट मैले पढेको थिए । १८ सयवटा कन्ट्रयाक्टहरुमा ठेकेदार वेपत्ता छन् रे । भनेपछि कसरी विकास हुन्छ ?
अन्त्यमा, महानगरपालिकाका नागरिकहरुलाई के आह्वान गर्न चाहनु हुन्छ ?
महागरपालिकाका नागरिकहरु त साँच्चै भन्ने हो भने त मेरो लागि उहाँहरु त देउता नै हो । उहाँहरुले मलाई जुन किसिमले पत्याउनु भयो, मलाई भोट हाल्नु भयो । मैले पनि आफ्नो बुद्धि र बर्कतले भ्याय जति सेवा चाँही गरिराखेको छु । उहाँहरु लगभग सबै नै खुसी हुनुहुन्छ । यो चिरीबाबुले नराम्रो काम गरेको छ भनेर अहिलेसम्म कसैले भन्नु भएको छैन ।
तर म उहाँहरुलाई अनुरोध गर्दछु की मैले जानी नजानी दायाँ बायाँ केही गल्ती भएको रहेछ भने मलाई ‘करेक्सन’ गरिदिनुस । म ‘करेक्टेड’ भइदिन्छु भनेर भन्ने गरेको छु । तर खासै त्यस्तो छैन । तसर्थ उहाँहरुलाई मेरो अन्तरआत्मादेखि नै साधुवाद भन्न चाहन्छु।
Facebook Comment