‘हराएका ६३ मूर्ति फर्कायौँ’
काठमाडौँ । नेपाल सम्पदा पुनर्जागरण अभियानले आज आयोजना गरेको कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताएका छन् ।
कार्यक्रममा उनले भने, “गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन् ।” यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए । यसैगरी पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाए।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिए । उनले भने, “मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नुपर्ने हुन्छ ।”
अभियानका सञ्चालक रोशन मिश्रले आफूहरुले धेरै सङ्ग्रहालयलाई पत्राचार गरी चोरीएका मूर्ति फर्काउन अनुरोध गरेको बताए।
महानिर्देशक गौतम र प्रमुख महजर्नले संयुक्त रुपमा ललितपुरमा आज सो अभियानको शुभारम्भ गरेका थिए ।
Facebook Comment