मेडिकल खोल्ने लागुऔषध बिक्री गर्ने !

डिसी नेपाल
६ असोज २०७८ २०:५६

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनार पक्राउ गरेको छिन् । लागुऔषध विक्रीवितरण गर्दा प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् ।

उनलाई बुधबार मध्याह्न १२ बजेतिर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट, एन्टिकोफ ट्याब्लेट, ट्रामाडोल ट्याब्लेट र सी–ट्रायब बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उनी माथि थप अनुसन्धान भैरहेको जनाएको छ ।  अर्यालका अनुसार बुधबार मध्याह्न १२ बजेतिर उनलाई पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *