भगिराज इङ्नामलाई मदन पुरस्कार, जगदम्बा श्री थापालाई

डिसी नेपाल
७ असोज २०७८ १९:०२

काठमाण्डौ । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । त्यस्तै जगदम्बा श्री नृत्य क्षेत्रमा सक्रिय भैरवबहादुर थापालाई प्रदान गरिएको छ।

बिहीबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीलाई प्राप्त भएका २२२ वटा पुस्तकबाट गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ गरी ९ वटा पुस्तक मदन पुरस्कारका लागि छनौटमा परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *