वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

डिसी नेपाल
७ असोज २०७८ २०:५४

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अबरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गर्न रोस्टमबाट आग्रह गरेका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकले एमालेको अबरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *