मुक्त कमलरीका समस्या समाधन गर्न तयार छौँः मुख्यमन्त्री भट्ट
काठमाडौँ । बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए । मुक्त कमलरीलाई प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार सधैँ प्रयासरत रहने र त्यसका लागि वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरुको मागअनुसारका सीपमूलक तालिम प्रदान गरेर जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताए।
कैलाली जिल्लामा चार हजारभन्दा बढी मुक्त कमलरी रहेकामा सरकारी परिचयपत्र मात्र पाएकाको सङ्ख्या दुई हजार ५०० मात्र रहेको जनाइएको छ ।
Facebook Comment