मिस वर्ल्ड अन्तिम समयमा श्रृंखलाको भोट अनुपात घट्यो, भारत र मंगोलियाको बढ्यो
काठमाडौं। मिस वल्र्डको प्रतिस्पर्धामा हेड टु हेड च्यालेन्जको भोटिङको अन्तिम समय आउन लाग्दा मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाको भोटिङ अनुपात घटेको छ । तुलनात्मक रुपमा श्रृंखलाको अनुपात घटे पनि भोटिङ च्वाइस भने उनले नै जित्ने लगभग पक्का छ ।
दुई दिन अघिसम्म कूल भोटको ३८ प्रतिशत भोट पाएर लिड गरिरहेकी श्रृंखलाको अहिले ३५ प्रतिशत भोट छ । त्यतिबेला अन्य सबै प्रतिस्पर्धीको घाट ५ प्रतिशतभन्दा पनि कम थियो । अहिले भने नाटकीय रुपमा भियतनामकी भि ट्रानको ८.३ प्रतिशत, मंगोलियाकी एन्ख्रिमाको ११.६ प्रतिशत, कजाखस्तानकी येकातेरिनाको ५.२ प्रतिशत, भारतकी अनुकृति भासको ७.४ प्रतिशत भोट पुगेको छ ।
अन्य प्रतिस्पर्धीको भोट भने खासै उल्लेख्य छैन । भोटिङ गर्ने समय आज ५ बजेसम्म मात्र भएकोले श्रृंखलालाई अरुले जित्ने सम्भावना भने छैन ।
Vente De Cialis En Ligne cialis generic buy accutane paypal Dapoxetine A Vendre Buy Free Shipping Acticin Medication In Internet Overseas