सुदूरपहाडमा भूकम्पको धक्का
काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा ४ शमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया
Facebook Comment