अछामका १० स्थानीय तहमा को–को बने कांग्रेस सभापति ?

डिसी नेपाल
११ असोज २०७८ ८:२५

अछाम। नेपाली कांग्रेसले अछामका १० वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व छानेको हो।

अछाममा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । कमलबजारमा पदमबहादुर भण्डारी, मंगलसेनमा झपटबहादुर रावल, साँफेबगरमा लालबहादुर कुँवर र पञ्चदेवल विनायकमा सर्जनबहादुर शाही नगर सभापति चयन भएका छन्।

यसैगरी, बान्नीगढी जयगढमा कर्णबहादुर ठकुल्ला, मेल्लेखमा खकेन्द्रबहादुर साउँद, रामारोशनमा मानबहादुर साउँद, ढकारीमा धनबहादुर बुढा, चौरपाटीमा धर्मबहादुर साउँद र तुर्माखाँदमा कविराम बयक गाउँपालिका सभापति बनेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *