भन्सार छलीको १६० बोरा चिनी बरामद

डिसी नेपाल
११ असोज २०७८ २१:५४

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको १६० बोरा चिनी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले कोसी गाउँपालिका १ भित्री सडकअन्तर्गत को१ख ५२१५ नम्बरको मिनी ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त चिनी बरामद गरेको हो ।

बरामद गरिएको चिनीसहित ट्रकलाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा पठाइएको प्रहरीले जनाएको छ ।ट्रक चालक सिन्धुली कमलामाई नगरपालिका(४ बस्ने ४८ वर्षीय विरोध लामिछाने पक्राउ परेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *