प्रदेश २ का मुख्यमन्त्री राउतलाई दुई तिहाइ बहुमत प्राप्त

डिसी नेपाल
२० असोज २०७८ १८:४२

काठमाडौं । आज बसेको प्रदेश सभाको बैठकबाट प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार आज विश्वासको मत मागेका थिए । उनले दुई तिहाइ बहुमत प्राप्त गरेका छन् । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

मुख्यमन्त्री राउतको पक्षमा ७७ मत खसेको छ भने विपक्षमा २३ मत खसेको छ । हाल प्रदेश २ मा १०४ मत कायम छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *