संस्कृत व्याकरणका रचयिता पाणिनिको तपोभूमि पणेना ओझेलमा

डिसी नेपाल
२२ असोज २०७८ १७:२८

काठमाडौं ।  विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमि ओझेलमा परेको छ।

पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।

संस्कृत व्याकरणका रचयिता पाणिनीको जन्ममिति र जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईशापूर्व चौथोदेखि छैठौँ शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँ (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारले लेखेका छन् । लुम्बिनीको अशोक स्तम्भमा आधारित शिलालेख पत्ता लगाएका र बुद्धको ऐतिहासिक जन्मस्थल प्रमाणित गर्न महत्वपूर्ण भूमिका खेलेका सातौँ शताब्दीका प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुआन साङले पनि पाणिनीको जन्मस्थल सलतुलाका सन्दर्भ उल्लेख गरका छन् ।

हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमीमा आएका पाणिनि ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै स्थानबाट सस्कृत भाषाको उत्पत्ति भएको पाणिनि तपोभूमिका पण्डित थानेस्वर पौडेलको भनाइ छ ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषीले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डम्मरु बजाउँदै अइउण्, रिलृक, एओ आदि चौध सुत्रको स्वर निकालेको र ती चौध सुत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्नसके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ ।

संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाणिनिले अर्घाखाँचीको पणेनामा आएर संस्कृतको व्याकरण रचेको सम्मानमा नेपालले हुलाक टिकट पनि जारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *