भिडिओ खिचेको भन्दै पत्रकार ज्ञवालीमाथि कुटपिट

डिसी नेपाल
२४ असोज २०७८ १८:४३

काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा समाचार संकलन गर्न गएका पत्रकारमाथि आन्दोलनकारीले कुटपिट गरेका छन्। आन्दोलनको भिडिओ खिचेको भन्दै लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत दिनेश ज्ञवालीलाई हातपात गरिएको हो ।

उक्त क्षेत्रमा हाल प्रशासनले कर्फ्यू लगाएको छ। आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *